५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तार

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तार
अ+ अ-

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत चिमखोलाबाट पाखापानी र पात्लेखेत गाउँमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको हो ।

मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान सकिएपछि शनिबार गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताउनुभयो ।

उपभोक्ताको घरघरमा मिटर जडान भएपछि विद्युतीकरणको काम सकिने जनाउँदै उहाँले पात्लेखेत र पाखापानीमा एक सय परिवार यसबाट लाभान्वित हुने उल्लेख गर्नुभयो । चिमखोला, नामीला टोलमा यसअघि केन्द्रीय लाइन पुगिसकेको छ ।

यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । ठेकेदार कम्पनी न्यू ढुङ्गाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले बर्खायामको प्रतिकूल मौसम, सडक तथा यातायात अवरुद्ध भएको अवस्थामा पनि विद्युतीकरणको काम सम्पन्न गरिएको बताउनुभयो ।

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०र८१ देखि रु २२ करोड बजेटको आयोजना सञ्चालन गर्दै आएको छ ।

उक्त आयोजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, मालिका–२ रुम, मालिका–३ डाडागाउँ, पात्ले, मालिका–४ ओखरबोटका ६००, धवलागिरि गाउँपालिकाको मलम्पारका १५०, बुलका ४५ र चिउरीबोटका १३० घरमा विद्युतीकरण भइसकेको सूचना अधिकारी झाले जानकारी दिनुभयो ।

धवलागिरि गाउँपालिकाको लुलाङमा विद्युत् लाइन पुगे पनि उपभोक्ताले मिटरबक्स जडान गर्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । “धवलागिरिको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका बस्तीहरूमा केन्द्रीय विद्युत् विस्तार भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीयस्थल मोहरेडाँडामा पनि केन्द्रीय विद्युत् सुविधा पुर्‍याउने योजना छ”, उहाँले भन्नुभयो ।रासस