२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी

अस्थिरताको खोजी गर्ने दिन गयो ,सरकार ढल्छ भन्नेहरू पनि बोल्न छाडे: अर्थमन्त्री पौडेल

अस्थिरताको खोजी गर्ने दिन गयो ,सरकार ढल्छ भन्नेहरू पनि बोल्न छाडे: अर्थमन्त्री पौडेल
अ अ+ अ-

पाल्पा : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी खहरेको बाढी जस्तै भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेन गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको बताए। एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ। कमिला हिड्न थाल्छ। रास्वपा पनि अब हराउँदै जाने उनले दाबी गरे। विरोधमा रमाएर राजनीति नगर्न उनले सुझाए।

प्रतिगामी तत्वहरू किनारा लागिसकेका छन्। उनीहरूको नेपालमा भविष्य नरहेको मन्त्री पौडेलले बताए। प्रतिगामी एजेन्डा बोक्ने अब कहिल्यै उठ्ने वाला छैनन्। बेकारमा समय खेर फालिरहेका छन्।

एमाले काँग्रेस देश र जनताको हितलाई काम गर्ने पार्टी भएको उनले जिकिर गरे। मुलुकको सुरक्षीत भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं। यही सरकारले मुलुकको भविष्य बनाउछ। अहिलेको सरकार ढल्नेवाला छैन । सरकार ढल्छ भनेर सपना नदेख्न उनले भने। सरकार सहमति अनुसार नै अगाडि बढेको छ। सरकारले मिलेर काम गरेको देखेपछि सरकार ढल्छ भन्नेहरू पनि बोल्न छाडेका मन्त्री पौडेलले बताए।

अस्थिरताको खोजी गर्ने दिन गयो । अब नेकपा माओवादी केन्द्रले मुलुकलाई अस्थिरतामा लैजानबाट रोकिएको उनले बताए।

दृष्टिकोण, एजेन्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको उनले बताए। पाल्पाको विकासमा सरकारले सम्झिएको छ । प्राथमिकताका साथ सरकारले बजेट विनियोजन गरेको मन्त्री पौडेलले बताए।