२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बलिदान’को टिजरलाई २४ घण्टामै १ मिलियन भ्युज, चलचित्रको प्रतीक्षा उत्कर्षमा



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र उद्योगमै प्रतीक्षित चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा धमाका मच्चाएको छ। टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ। यससँगै नेपाली चलचित्र इतिहासमा छोटो समयमा यति ठुलो डिजिटल प्रतिक्रिया पाएको थोरै टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ। सामान्यतया चलचित्रका अन्य सामग्रीहरू ( गीत, ट्रेलर र भन्दा टिजरको डिजिटल उपस्थिति कम हुने हुँदा ुबलिदानु टिजरले प्राप्त गरेको भ्युजलाई उत्तम मानिन्छ।

चलचित्रका प्रमुख कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति यस उपलब्धिको प्रमुख आधार मानिएको छ। देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहितको टिजरले दर्शकलाई सशक्त महसुस गराएको छ।

टिजरमा समीर भट्टलाई ‘एक्सन किङ’को परिचय दिइँदै देखाइएको छ। उनको दमदार संवाद — “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” — सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्न पुगेको छ। यो संवादले नेपाली युवापुस्तामा ऊर्जा र गर्व जगाएको टिप्पणीहरू व्यापक रूपमा आएका छन्।

सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायतका कलाकारले प्रस्तुत गरेको अभिनयले पनि टिजरलाई थप बल पुऱ्याएको छ।

यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि(टिजर नै नेपालसहित विदेशी मुलुकमा युट्युब ट्रेन्डिङमा आएको थियो। अहिलेको टिजरले त्यो अपेक्षालाई अझै माथि पुर्‍याउँदै ‘बलिदान’को प्रतीक्षा चरम उत्कर्षमा पुगेको सङ्केत गरेको छ।

चलचित्र आसुसेन फिल्म्स प्रा। लि। को ब्यानरमा बनेको हो। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको यस फिल्मलाई बडादसैँको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।




भर्खरै