२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर २४ जिल्लामा फैलियो कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका २४ जिल्लामा कोरोना संक्रमण देखिएको जानएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा १ सय, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १ सय २ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् । 

प्रवक्ता देवकोटाले शुक्रबार एकजना संक्रमित उपचारपछि निको भएर घर फर्किएका बताएका छन् । कोसी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षिय पुरुष २७ दिनपछि घर फर्किएका हुन् ।

शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ६३ हजार ८५ जनाको आरडिटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन् । कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन् ।

अहिले देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ८५, प्रदेश नम्बर २ मा २ हजार ५१, बागमती प्रदेशमा १ सय १७ र गण्डकी प्रदेशमा ३ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ३ सय २५, कर्णाली प्रदेशमा १ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा ९ सय १६ जना क्वारेन्टाइनमा रहेका छन् ।