१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

भारतमा अलपत्र परेका नेपालीका लागि सहयोगी बन्दै नेता कापडी

भारतमा अलपत्र परेका नेपालीका लागि सहयोगी बन्दै नेता कापडी
अ अ+ अ-

भीमदत्तनगर । भारतको उत्तराखण्डको खटिमा बजार क्षेत्रमा सर्यौँ किलोमिटर पैदल हिँडेर आएका १५० नेपाली मजदुरलाई क्वारेन्टाइनमै व्यवस्थापनको माग गर्दै एक साताअघि भारतीय कँग्रेसआइका उत्तराखण्ड प्रदेश महासचिव भुवन कापडी धर्ना बस्नुभयो ।

भारतको रुद्रपुर र काशीपुर क्वारेन्टाइनबाट नेपालीलाई निकालिएपछि त्यसको विरोधमा महासचिव कापडी खटिमाको सञ्जय पार्क शहीद समृतिमा धर्ना बसेको केही समयमै त्यहाँको स्थानीय प्रशासनले लखेटिएकै क्वारेन्टाइनमा राख्ने प्रबन्धसमेत गरेको थियो । खटिमा बजार र आसपासका क्षेत्रमा पैदल हिँडेर भारतको विभिन्न ठाउँबाट आएका नेपाली मजदुर र खटिमामै क्वारेन्टाइनमा रहेका नेपालीलाई नेता कापडीले दैनिक खानपिनको व्यवस्था बिलाउँदै आएका छन् ।

“यहाँको क्वारेन्टाइनमा रहेका र अलपत्र परेका नेपाली मजदुरलाई मैले खाना खुवाउन थालेको आज ५० दिन भइसक्यो ।” उहाँले भन्नुभयो, “उद्यमसिंहनगरमा मात्रै दुई हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा छन् ।” उहाँले नेपाल सरकार आफ्ना नागरिकलाई लैजान गम्भीर हुनुपर्ने बताउनुभयो ।

“खटिमामा मात्रै दुईदेखि अढाई सय जना छन्”, उहाँले भन्नुभयो, “खटिमा सीमा नजिक भएकाले यहाँ नेपाली जम्मा हुने क्रम बढेको छ ।” उहाँले मानवीय नाताले आफू नेपालीहरुको व्यवस्थापनका खटिएको बताउँदै नेपालीहरु अलपत्र रहँदा धेरै तनावमा रहेको समेत जानकारी दिनुभयो । “अहिले यहाँ अलपत्र रहनेहरुको अवस्था निकै दयनीय नै छ”, उहाँले भन्नुभयो, “भारतको चम्पावत जिल्ला र नेपाल–भारत सीमामा आवागमन गर्न कडाइ गरिँदा खटिमा भरिन थालेको छ ।”

उहाँले नेपालीहरुको खानपिनको व्यवस्थापनका लागि आफ्नो टिम सक्रिय बनाउनुका साथै क्वारेन्टाइनमा खाना वितरणमा भारतीय प्रहरीको समेत सहयोग लिइरहेका छन् । “क्वारेन्टाइन काटिसेककाहरुलाई घर लैजाने व्यवस्था नगर्ने हो भने स्थिति भयावह हुनसक्ने सम्भावना धेरै छ”, उहाँले भन्नुभयो, “सीमामा नागरिकलाई रोक्न मात्रै यसको समाधान होइन ।”

कञ्चनपुरको स्थानीय प्रशासनले सीमावर्ती भारतीय बजार वनबासाको स्कूलमा लामो समय क्वारेन्टाइन बसेका २४२ जनालाई भने केही दिनअघि भीमदत्तनगर ल्याएर स्वास्थ्य परीक्षण गरी सम्बन्धित पालिकाको जिम्मा लगाएको छ ।