५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

पाल्पामा आज सिन्दुर जात्रा

पाल्पामा आज सिन्दुर जात्रा
अ+ अ-

तानसेन । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहितको सिन्दुर जात्रा आयोजना गरिँदै छ । विगतमा जस्तै यस वर्ष २०६औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा निकाल्न लागिएको हो ।

विसं १८७१ देखि १८७२ भएको तत्कालीन नेपाल–अङ्ग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अङ्ग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीका दिन विजयोत्सव मनाइँदै आइएको छ । कहींँकतै नहारेको ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी विजय हासिल गरेको थियो । विश्वभर आफ्नो साम्राज्य विस्तारका क्रममा हिँडेको अङ्ग्रेज फौजलाई नेपाली सेनाले पराजित गरी जितगढीबाट नै नेपाली वीरताको इतिहास रचेको थियो ।

पाल्पाका तत्कालीन कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली फौजले वीरता र निडरताका साथ लडाइँ लडेर विजयको झण्डा फहराएको हो । नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायत क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखी निरन्तर रूपमा प्रत्येक वर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ ।

कर्णेल उजिरसिंह थापाले जितगढीमा विजय प्राप्त गरे । पाल्पाको तानसेनमा भगवतीको मन्दिर स्थापना गरी सिन्दुर यात्रा गरी भगवतीको जात्रा निकाल्नेछु भनी भाकल गरेको र लडाइँ जितेपछि १८७६ मा भगवतीको मन्दिर निर्माण गरी भगवती जात्रा निकाल्ने परम्पराको थालनी गरेका थिए ।

आजको दिन बालबालिका, बूढाबूढी, युवा, युवती सबैका लागि भगवती जात्रा उत्सवमय बन्ने छ । गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्ति समय मिलाएर आउँदैछन् । तानसेन बजारमा फरक माहोल देखिएको छभने मानिसको चहलपहल बढ्दो छ । नेपालल अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतको क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि मनाउन थालिएको विजयोत्सव अहिले पनि निरन्तरता पाएको छ । प्रत्येक वर्ष पाल्पामा श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा ९रथयात्रा० निकाल्ने गरेको हो ।

यस वर्षको भगवती जात्राको तयारी पूरा भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले स्थानीय सरकार, जिल्लाका सरोकारवाला निकाय, यहाँ सञ्चालन हुने अन्य जात्राका व्यवस्थापकहरूसँग बसेर जात्रालाई कसरी व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भनेर सल्लाह लिने र सोहीअनुसार काम गर्ने गरेका छौँ ।” ऐतिहासिक भगवतीको रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास लिएको अध्यक्ष महर्जनले बताउनुभयो ।

यस वर्षको भगवती रथयात्रामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल, प्रदेशका मन्त्री, सङ्घीय सांसद, प्रदेश सांसदलगायतका उच्च पदस्थ व्यक्तिको सहभागिता रहने भगवती मन्दिर व्यवस्थापन समितिका सदस्यसचिव प्रकाशनाथ गङ्गोलले बताउनुभयो ।

उहाँका अनुसार पूजा तान्त्रिक विधिद्वारा मूलपुरोहितद्वारा ठिक १२ः०० बजेको बलिसहितको पूजा, बढाइँ आतिसबाजी, भगवतीको प्रतिमूर्ति रथमा राखिने छ । सचिव गङ्गोलले भन्नुभयो, “ १२ः३० बजे मन्दिर परिसरबाट खटयात्रा तीनटक मन्दिर घुमाउने र कर्णेल पूजा गरिसकेपछि नगरपरिक्रमा गराइने छ ।” रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, सङ्घसंस्थाको सहभागिता रहने छ । हरेक वर्ष कुमाल समुदायबाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा रहेको छ । भगवतीको रथको दुवैतिर तेर्साइएका दुई बलिया नोलहरूलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनि र बन्दुकको बढाइँका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रम गर्ने गरिन्छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । जात्राका दिन प्रदेश सरकारले आज यहाँ सार्वजनिक विदा समेत दिएको छ । रासस