१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ दिनपछि हुने विधान महाधिवेशनमा झन्डै २४ सय प्रतिनिधि



अ+ अ-

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । यही भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । यो एमालेको दोस्रो विधान महाधिवेशन हो ।

पार्टीको संगठन विभागले दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकमा २३ सय ८२ जना प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो । २१ सय २८ जना प्रतितिनिधि र २६४ जना आयोजकको रूपमा सहभागी हुने छन् ।

२०७८ सालमा चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने छन् । प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिने छ ।

महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय गरिने भएको छ । बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरूका तर्फबाट स्वागतद्वार राखिने भएको हो । यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ ।

महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गरिने भएको छ । सञ्चारमाध्यमलाई महाधिवेशनको रिपोर्टिङका लागि पासको पनि व्यवस्था गरिने भएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने निर्णय गरिएको छ ।

सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रबन्ध पार्टीका विभिन्न कमिटीहरूले गर्ने छन् । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ ।