२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहालाई



अ+ अ-

ताप्लेजुङ। यही साउन २४ गतेदेखि सुरु भएको तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा सहलेशले चर्चब्वाइज युवाक्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो ।

खेलको ७९औँ मिनेटमा सुरेन खड्काले पहिलो गोल गरेका थिए भने ८९औँं मिनेटमा युसुकमलिकले दोस्रो गोल थप्न सफल भएका हुन् । ललितपुरले गोल फर्काउने प्रयास गरे पनि सफल नभएपछि उपविजेतामा चित्त बुझाएको छ ।

यसअघि सेमिफाइनलमा सहलेशले झापाको रेडस्टार फुटबल क्लबलाई २–० गोल अन्तरले हराएको थियो । चर्चब्वाइजले सुनसरीको दयङ ब्रदर्शलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

गतवर्ष उपविजेता बनेको सहलेश युवाक्लबले यसपटक कमजोरी सच्याएर उपाधि आफ्नो पोल्टामा पारेको हो । क्लबमा चार विदेशी खेलाडीसमेत समावेश छन् । चर्चब्वाइजले भने विदेशी खेलाडीबिना प्रतिस्पर्धा गरेरै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो ।

सहलेशले प्रतियोगिताभर क्वाटर फाइनल र सेमिफाइनलमा कुनै गोल नखाएर फाइनलमा पुगेको थियो । सोही क्रमलाई निरन्तरतामा दिँदै उसले उपाधि हात पारेको हो ।

चर्चब्वाइजले कठिन जितमार्फत फाइनलसम्म पुगे पनि उपाधि जित्न असफल रह्यो । आयोजक लाखेजात्रा सञ्चालक समितिका कोषध्यक्ष दावा शेर्पाका अनुसार विजेताले रु सात लाख दुई हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको चर्चब्वाइजले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ ।  रासस