२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले लक्षित शेखरको कटाक्षः ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’



अ+ अ-

काठमाडौं: नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’भन्दै टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अहिले भूमि सम्बन्धी आएको विधेयकमा काँग्रेस सांसदहरुले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाउनु भयो । खालि जग्गामा एमालेको आँखा गइहाल्ने उहाँको कटाक्ष छ । गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पती, पोखराको लिचीबारी, गिरिबन्धु टिस्टेटमा एमालेले आँखा गाडेर बसिरहेको बताउनु भयो । सांसदले नै विचौलियाको काम गरेपछि देश कता पुग्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले भूमि सम्बन्धी विधेयक छ । एमाले त जहाँ खालि जग्गा देख्छ त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ । जहाँ पनि तपाईं हेर्नुस् । यो गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पतीमा एमालेका आँखाहरु हेर्नुस् । लिचीबारी पोखराको हेर्नुस्, गिरीबन्धु टिस्टेट हेर्नुस् । जताततै एमालेको मात्रै सुनिन्छ । संघीय मामिलामन्त्रीले त राजीनामा दिनुभयो । तर भूमि सुधारमन्त्री अहिले पनि जबरजस्ती बसिरहनुभएको छ । जबकी कास्की जिल्लाको एमाले कमिटीले पूरैले भूमि सुधारमन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ । विचौलिया एक जना हुनुहुँदो रहेछ । रेशम चौधरीजीको पार्टीको । सांसद पनि विचौलिया भइसकेपछि त के अवस्था हुन्छ देशको ? ’

सांसद कोईरालाले सरकार निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाउनु भयो । —न्युज एजेन्सी नेपाल