२४ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई काठमाडौं ल्याइँदै



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याइँदैछ ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।

लामिछानेले दिएको निवेदनको आधारमा शुक्रबर कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । उनलाई भैरहवाबाट दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको हो ।