३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

राजनीतिक दलहरु निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भए: राम कार्की

राजनीतिक दलहरु निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भए: राम कार्की
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरु निर्वाचन केन्द्रितमात्रै भएको बताउनुभएको छ ।

उहाँले राजनीतिक दलहरु निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताउनु भयो । अहिलेको निर्वाचन जित्ने भनेको अर्को निर्वाचन जित्ने हो भन्ने स्थितिबाट राजनीतिक दलहरु अघि बढिरहेको उहाँको टिप्पणी छ ।

सचिव कार्कीले नेपालको राजनीतिको चक्रलाई राजनीतिक दलहरुले पनि ०८४ का रुपमा हेरिरहेको र आम नागरिक, किसान, मजदुरहरुले पनि परिवर्तनको चक्रमा रुमपा हेरिरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै हरेक १५—२० वर्षभित्र नेपालमा ठूला ठूला आन्दोलनहरु हुने गरेको स्मरण गर्दै जनताको असन्तोष, चाहना, आकांक्षाहरु त्यसैतर्फ परिलक्षित भइरहेको बताउनु भयो । नेपालको राजनीतिमा सक्रिय र प्रभावी रहेका राजनीतिक दलहरुको औचित्यमाथि नै प्रश्न खडा हुनेगरी अहिलेको परिस्थिति अघि बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुख्य कुरा सबै पार्टीहरु चुनावदेखि चुनावसम्म केन्द्रित भए । यो चुनाव किन जित्ने भन्दा अर्को चुनाव जित्नका लागि भनेको जस्तो स्थितिमा छ । अहिले नेपालको राजनीतिको जो चक्र छ । त्यसमा राजनीतिक पार्टीहरुले ०८४ पनि हेरिरहेका छन् । जनताको पनि एउटा चक्र छ । परिवर्तनको एउटा चक्र छ । हरेक १०—१५—२० वर्षभित्र नेपालमा ठूला ठूला आन्दोलनहरु हुने गरेका छन् । जनताको असन्तोष, चाहना, आकांक्षाहरु परिलक्षित हुने गरेका छन् । त्यसो हुनाले एकातिर संसदीय दृष्टिकोणबाट हेर्दा देखिने ०८४ र अर्को कुरा जनताको पक्षबाट, मजदुर किसानको परिप्रेक्ष्यबाट हेर्ने ०८४ फरक छ । ०८४ मा यि पार्टीहरु: जो अहिले नेपालको राजनीतिमा सक्रिय छन्, प्रभावी छन्, ति पार्टीहरुको रिलेभेन्स, औचित्यमाथि ठूलो प्रश्न पो खडा हुन्छ की भन्नेकुरा आइरहेको छ ।’

सचिव कार्कीले अहिले संसारको नेतृत्व नै पुँजीपति वर्गले गरिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल