२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमानामा पर्खाल लगाऔँ



अ+ अ-

काठमाडाैंः पछिल्लो समयमा नेपालको सिमा बिबादले चर्को रुप लिएको छ। भारतले लिम्पियाधुरामा मोटर बाटो खनेपछि नेपालमा ठूलो स्वाभिमानको धक्का लागेको छ।

नेपालले चाहेर पनि आफ्नो सिमाना बचाउन सकिरहेको छैन। सरकारको कुटनैतिक पहल नहुनु र छिमेकी मुलुकले निरन्तर नेपालि भूमिमा आफ्नो स्वामित्व स्थापना गर्न खोज्नुले नेपाली स्वाभिमानलाई धक्का दिन खोजेको प्रष्ठ देख्न सकिन्छ।

नेपालको सीमा बचाउन सबैलाई अनुरोध गर्दै राजानन्द माण्डव्यको शब्द तथा रचना र गायक तिलक बस्नेतको स्वरमा राष्ट्रभक्तिले भरिपूर्ण "सिमाना" गीत जेठ ३ गते सार्वजनिक गरिएको छ ।

नेपालको सिमाना तथा भूभाग ब्रिटिस साम्राज्यदेखि नै मिचिएको देख्न र सुन्न सकिन्छ। सन् १८१६ को सुगौली सन्धि देखि नै नेपाली भूमिको र सीमाको विवाद साम्य हुन सकेको छैन। नेपालले चाहेर पनि आफ्नो सीमा आफ्नो भन्दै सिमानामा बार तथा पर्खाल लगाउने साहस गर्न सकेको छैन।

नेपालको भारत तर्फ सबै जसो जिल्लाका सिमा भारतले मिचेको देखिन्छ र सुनिन्छ पनि। हाल नेपालको स्थापित नक्सामा पनि कालापानी,लिपुलेक,लिम्पियाधुरा को जमिन बिबादित रहेकोले नेपालको नक्सामा समेत आफ्नो जमिन अट्न सकेन ।

हिजोको पुर्खाको योगदान र उहाहरुको बलिदान स्मरणिय रहेको भाबहरु सिमाना गितमा छ। पछिलो समय नेपालीहरुले सिमामा भोग्नु परेको समस्या लाई यो गितले प्रस्ट पार्न खोजेको छ। नेपालको सिमाना पुर्वमा टिस्टा नदि देखि सिक्किम,दार्जिलिङ्ग हुदै पश्चिममा लिम्पियाधुरा,कुमाउ,गडवालसम्म थियो भन्ने इतिहासमा पढ्न पाइन्छ त्यसै भुमिको स्मरण गर्दै यो गितले स्वाभिमान जगाउने प्रयास गरेको छ।

यो गीतले कोहि बिर सपुत जन्मियोस जस्ले सिमामा पर्खाल लगाएर आफ्नो देश सिमा बचाउन सकोस् भन्ने कामना गरिएको छ। बिर गोर्खालिका सन्तानले बिश्व जगतमा चिनिने नेपाली आफ्नो भुमि नै मिचिदा चुपचाप बस्ने भनेको आउदो पुस्ताले अझै पिडा भोग्नु निश्चितप्रायः छ।

त्यसैले यस गीतका शब्दले देशको स्वाभिमान,पहिचान र सिमानाको रक्षार्थ सबै नेपाली एक हुनुपर्ने सन्देश दिएको छ।

देश पीडामा छ,

जननी त्रसित छिन्,

सिमाना मिचिएको छ।

जन जनको मनमा आगो बलेको छ।

बिदेशी हस्तक्षेप बढ्दो छ।

जाग नेपाली: बुझ नेपाली ।।।