१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक

मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक
अ अ+ अ-

मुस्ताङ। स्याउको राजधानीका रूपमा प्रख्यात मुस्ताङमा स्याउ टिप्ने (पोस्ट हार्भेस्ट) कार्यतालिका सार्वजनिक गरिएको छ ।

जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङको अध्यक्षतामा आज यहाँ बसेको स्याउ टिप्ने जिल्लास्तरीय समन्वय बैठकले उक्त कार्यतालिका सार्वजनिक गरेको हो ।

जिल्लामा उत्पादन हुने स्याउको गुलियोपना कायम गर्न र गुणस्तर कायम गरी उपभोक्ताबीच पृथक किसिमको ‘ब्राण्ड’ र पहिचान स्थापित गर्ने उद्देश्यले स्याउ टिप्ने कार्यतालिका तय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

मुस्ताङका पाँच वटै गाउँपालिकाका अध्यक्ष तथा, जिल्लास्थित कृषि ज्ञान केन्द्र, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ), भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, स्थानीय कृषक, समूह, सहकारी र स्याउ फार्मका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलगायत संयुक्त जिल्लास्तरीय समन्वयात्मक बैठकले तीन चरणमा स्याउ टिप्ने निर्णयसहित नयाँ ढाँचामा कार्यतालिका सार्वजनिक गरेको समितिकी प्रमुख गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार आसन्न हरितालिका तीज पर्वलाई लक्षित गर्दै उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) गाला जातको स्याउ आगामी भदौ ५ गतेदेखि टिपेर बजारीकरण गर्ने बैठकले निर्णय गरेको छ । हाइब्रिड किङरट जातको स्याउ आगामी भदौ १५ गतेदेखि तथा अन्य हाइब्रिड र स्थानीय जातका स्याउ भदौ २५ गतेदेखि टिप्ने निर्णय गरिएको प्रमुख गुरुङले जानकारी दिनुभयो ।

विगतका वर्षहरूमा यहाँ उत्पादित स्याउ कृषकको बगैँचाबाट आफूखुसी बजार पु¥याउने परिपाटीले स्याउको गुणस्तरमा ह्रास आएकाले कार्यतालिका बनाएर कार्यान्वयन गर्न लागिएको उहाँले बताउनुभयो । यसबाट कृषकलाई बजारीकरणमा सहज हुनुका साथै मूल्य समायोजनमा समस्या नहुने उहाँको भनाइ छ ।

“मुस्ताङको मुख्य पहिचान भनेकै स्याउ खेतीसँगसम्बन्धी रहेकाले यहाँको स्याउको गुणस्तर कायम गरी सहर, बजारका उपभोक्ता समक्ष लोकप्रियता बढाउन कार्यातालिका कार्यान्वयनमा लैजाने निर्णय भएको हो”, गुरुङले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले चालु आव २०८२÷८३ मा उत्पादन भइरहेको स्याउको बिक्री गर्ने समयसहित स्याउ टिप्ने कार्यतालिका निर्धारत गरिएको उल्लेख गर्नुभयो । यहाँको स्याउ परिपक्क भई पर्याप्त गुलियोपना भएपछि मात्रै टिपेर बजार पठाउँदा गुणस्तर र पहिचान जोगिने भएकाले जिल्लास्तरीय बैठकको निर्णयबमोजिम तीन चरणको कार्यतालिका बनाइएको उहाँको भनाइ छ ।

यसअघि केन्द्र र स्याउ जोन कार्यालयका प्राविधिकले स्थानीयस्तरमा स्याउको गुणस्तर तथा गुलियोपनाको प्राविधिक परीक्षण गर्दै आएका केन्द्रका प्रमुख गुरुङले उल्लेख गर्नुभयो । यस वर्ष कृषकको बगैँचामा पुगेर गाला र किङरट स्याउको गुणस्तर परीक्षण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सोही परीक्षणलाई आधार बनाएर सरोकार भएकाहरूसँग गरिएको छलफलपछि स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको हो ।

विगतका वर्षहरूमा व्यापारीले स्याउको गुलियोपना नभरिँदै मुनाफाका लागि बजार पु¥याउने परिपाटीले मुस्ताङको स्याउमा उपभोक्ताले खोट लगाउने गरेकाले उक्त अवस्था अन्त्यका लागि नयाँ ढाँचा सार्वजनिक गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गर्नुभयो । “व्यापारीले जेठ–असारमै कृषकको बगैँचामा पुगेर बैनापट्टा गर्ने र चाडपर्वको अवसर पारेर स्याउ नपाक्दै बजार पु¥याउँने गरेकाले यहाँको स्याउको पहिचान खस्किएको हो”, उहाँले भन्नुभयो ।

उच्च भेगमा रहेकाले मुस्ताङको स्याउ नेपालकै उत्कृष्ट मानिने भएकाले यसको गुणस्तर र पहिचान जोगाउन आवश्यक देखिएकपछि सरोकार भएकाहरूसँग बैठक बसेर कार्यतालिका बनाइएको केन्द्रका प्रमुख गुरुङले उल्लेख गर्नुभयो ।

मुस्ताङमा आव २०८१/८२ मा रु ९१ करोड ८६ लाख बराबरको स्याउ उत्पादन भएकामा रु ८२ करोड ६८ लाखको जिल्लाबाहिर पठाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार गत आवमा यहाँ नौ करोड बराबरको स्याउ खपत भएको थियो ।

मुस्ताङका पाँच स्थानीय तहमा आठ सय ३० हेक्टर क्षेत्रफलमा स्थानीय जातका परम्परागत स्याउखेती विस्तार भएकामा पाँच सय ६६ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिने गरेको केन्द्रका प्रमुख गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ६० हेक्टरमा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेती गरिएकामा ५० हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष जिल्लामा सात हजार ३२८ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । त्यसमध्ये छ हजार ७८ मेट्रिकटन स्थानीय जातका र एक हजार २५० मेट्रिकटन हाइब्रिड स्याउ उत्पादन भएको थियो । रासस