१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु विषयमा परीक्षण हुँदैछ : स्वास्थ्य मन्त्रालय

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु विषयमा परीक्षण  हुँदैछ : स्वास्थ्य मन्त्रालय
अ अ+ अ-

काठमाडौं । धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसका कारण भए/नभएको विषयमा परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।  

२४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी २९ वर्षिया महिलाको धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ । २५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी ती महिलामा ज्वरो र स्वासप्रस्वासको लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले बताउनुभयो । ती महिलाको अवस्था जटिल हुँदै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रवक्ता देवकाटाले ती महिलाको कोरोनासँग सम्बन्धित परीक्षण भइरहेको र रिपोर्ट आएपछि मात्रै आधिकारिक रुपमा मृत्युको कारण भन्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विस्तृत विवरण लिइरहेका छौँ ।कोरोनासँग सम्बन्धित थप परीक्षण भइरहेका छन् । रिपोर्ट आएपछि कोरोनाका कारण मृत्यु भएको हो/होइन भन्ने कुरा निक्र्यौल गरेर आधिकारिक रुपमा जानकारी दिनेछौँ ।’’ ती महिला सिन्धुपाल्चोकका स्थानीय हुन् ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । शनिबार महोत्तरीका ५२ वर्षिय पुरुष र काभ्रेका २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

शनिबार नै कपिलवस्तुका तीन जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । यस्तै शनिबार नै भएको परीक्षणमा बर्दियाको नार्खुका २८ वर्षिया महिला, सिराहा सखुवाका ३० वर्षिय पुरुष, पर्साको विरगञ्जका २८ र २९ वर्षिय पुरुष, सर्लाही रामनगरका १८ वर्षिया किशोरी र चितवनको गढौलीका २५ वर्षिय पुरुषमा संक्रमण देखिएको छ । अहिलेसम्म प्रदेश नम्बर २ र ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दुबै प्रदेशमा गरी २ सय १८ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर १ मा ३६ र बागमती प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ । यसैगरी गण्डकी प्रदेशमा ३ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३६ जना उपचारपछि घर फर्किएका छन् ।

गत २४ घण्टामा ५ हजार २ सय ४३ जनाको नमुना परीक्षण भएको छ । जसमा पिसिआर विधिबाट २ हजार ५ सय ७९ वटा परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार ६ सय ६४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिलेसम्म पिसिआर विधिबाट २६ हजार ६ सय ९१ र आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ वटा परीक्षण भएका छन् । शनिबारसम्म कुल ९२ हजार ४ सय ४० जनाको परीक्षण भएको उहाँले बताउनुभयो । प्रदेश नम्बर १ मा ९ हजार १ सय ११, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८७, बागमती प्रदेशमा १० हजार ४ सय ५२ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जनाको परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ९०, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १७ हजार ४ सय ५ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १६ हजार ३ सय ६६ जना रहेका छन् । उपत्यकामा ३२ सहित देशभरीका विभिन्न अस्पतालमा ३ सय २० जना उपचाररत रहेका छन् ।