१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री ओली

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री ओली
अ अ+ अ-

महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न नदिइने बताउनुभएको छ । आज महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार आमजनताको विकास चाहनालाई मूर्तरूप दिन काम गरिरहेको उल्लेख  गर्नुभयो ।

“सरकार विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “मधेसमा यसको अनुभूति हुने गरी कामअघि बढेका छन् ।” मधेसका रौतहट, सर्लाही र महोत्तरी जिलाको सिँचाइ प्रबन्धका लागि सुनकोशी मरिन डाइभर्सनको कामअघि बढेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । यसैगरी पूर्वी मधेसका जिल्लाको थप सिँचाइ प्रबन्धका लागि सुनकोशी कमला डाइभर्सनको काम बढाइने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पूर्वपश्चिम हुलाकी राजमार्गको काम निकै अघि बढेको उल्लेख गर्नुभयो । “पूर्वपश्चिम हुलाकी सडकको काम त सकिएको हुन्थ्यो, तर केही ठाउँका पुलपुलेसा बन्न बाँकी रहेको र केही ठाउँमा आरक्ष क्षेत्र पर्दा केही अल्झेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “सरकार यसलाई चाँडै निक्र्योल गरेरअघि बढ्ने छ ।”

यसैगरी पूर्वपश्चिम राजमार्ग एसियाली मापदण्डअनुसार छ लेनको बनाइन थालिएको उहाँले बताउनुभयो । यस्तै पूर्वपश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक चार लेनका बनेका उहाँले चर्चा गर्नुभयो ।

मधेश यसपालि खडेरीको चपेटामा परेकैबीच आपूm तीन साता पहिले महोत्तरी आएको सम्झना गर्दै त्यतिखेरै सिँचाइ प्रबन्धका लागि ५०० डिपबोरिङ्ग जडानको काम थालिने आपूmले बताएको स्मरण गर्नुभयो । “अब त्योअनुसार डिपबोरिङ्ग धमाधम जडानको चरणमा छन्,” उहाँले भन्नुभयो । कतिपय ठाउँमा डिपबोरिङ्ग जडानसमेत भइसकेका प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको  सरकारले अन्तराष्ट्रिय सम्बन्धहरूको विस्तार र आपसी समन्वयका विषयलाई महत्त्वका साथ अघि बढाएको चर्चा गर्नुभयो । नेपालले यस्ता अन्तरराष्ट्रिय मञ्चमा आफ्ना पक्षका विषयहरू महत्त्वका साथ उठाएको उहाँको भनाइ छ । छिमेकी मुलुकसँगको सम्बन्ध प्रगाढ र विश्वासिलो बनेको उहाँले बताउनुभयो ।

“छिमेकी मुलुकसँगका हाम्रा सम्बन्ध सुमधुर र आपसी हितमा केन्द्रित छन्,” प्रधानमन्त्रीले भन्नुभयो, “यसबीचमा हुने भ्रमणमा नेपालका लागि महत्त्वका विषयमा हामी छिमेकी मित्रराष्ट्रसँग विमर्श गर्छौँ ।” आफूले अबको एक महिनाभित्रै छिमेकी मित्रराष्ट्र चीन र भारतको भ्रमण तालिका बनी सकेको स्पष्ट पार्नुभयो ।

समारोहमा प्रधानमन्त्री ओलीले आम मधेसीलाई शिक्षामा जोड दिन अपिल गर्नुभयो । छोराछोरी सबै विद्यालय जाने र पढ्ने वातावरण निर्माणमा सबैको सहभागिता बढ्न आवश्यक रहेको उहाँको भनाइ छ ।

“विद्यालयलाई शिक्षा आर्जनको थलो बनाउन सबैले जिम्मेवारीबोध गर्नुप¥यो”, प्रधानमन्त्रीले भन्नुभयो, “यस कार्यमा सबैभन्दा बढी शिक्षकको सकारात्मक भूमिका आवश्यक छ ।” उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको असल अभ्यासले नै मुलुक अघि बढ्ने दृढता व्यक्त गर्दै इतिहास बनेको राजतन्त्र अब फर्कने कुरा कसैले सोच्नसम्म बेतुक हुने प्रधानमन्त्रीको भनाइ छ ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, मन्त्रीहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो । रासस