१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

लकडाउनको ५४ औं दिन जारी रहँदा काठमाडौंमा जे देखियो, हेरौं यी तस्वीरहरु

लकडाउनको ५४ औं दिन जारी रहँदा काठमाडौंमा जे देखियो, हेरौं यी तस्वीरहरु
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लक डाउनको ५४ दिन पुगेको  छ ।  

गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन आज ५४ औं दिनमा प्रवेश गरेको हो । लक डाउनका कारण नेपाली जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द रहेका छन् । आइतबारबाट सरकारले अत्यावश्यक सेवाका कार्यालय सञ्चालनमा केही सहज गरेपछि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लक डाउन कडा पारिएको छ । 

बैंक तथा वित्तिय संस्थाका सिमित कार्यालयहरु मात्रै सञ्चालनमा छन् । सरकारदे उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि अहिले सरकारले उपलब्ध गराएका सम्पूर्ण पासहरु रद्द गरिएका छन् । 

उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । उपत्यका भित्रि गल्लिहरुमा समेत जथाभावि नहिड्न प्रशासनले निर्देशन दिएको छ । अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधन भने सञ्चालन गर्न दिइएको छ । स्वास्थ्य मन्त्रालयको शनिबार १ बजेटसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । ३६ जना उपचार पछि निको भर घर फर्किएका छन् ।