२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिक  : उपप्रधानमन्त्री सिंह



अ+ अ-

ललितपुर। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र राजनीतिक रहेको बताउनुभएको छ ।

भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूतावास काठमाडौँद्वारा ललितपुरको पाटन दरबार क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्तव्य राख्दै उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले नेपाल भारत सम्बन्ध आगामी दिनमा थप दिगो र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल भारत सम्बन्ध विशेष प्रकारको छ, हाम्रो खुला सीमा खुला छ, मिल्दोजुल्दो सभ्यता र संस्कृति रहेको छ, हाम्रो आपसी समन्वय र सहकार्यले अझै परिस्कृत र विकसित हुने मेरो विश्वास छ”, उहाँले भन्नुभयो । रासस