१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

गर्भवती र शिशुलाइ फ्लुका लक्षणबाट कसरी बचाउने ? पढ्नुहाेस् भारतीय डाक्टरकाे राय

गर्भवती र शिशुलाइ फ्लुका लक्षणबाट कसरी बचाउने ? पढ्नुहाेस् भारतीय डाक्टरकाे राय
अ अ+ अ-

गर्भावस्था कुनै पनि परिवार या भावी माता-पिताका लागि ठूलाे खुशीकाे कुरा हुन्छ, भनाैं नयाँ जिन्दगीकाे शुरुआत हुन्छ । तर याे समय जब विश्वभर कोरोनाभाइरसकाे खतरा मडारिइरहेकाे अवस्थामा तपाइँले के बुझ्नु जरूरी हुन्छ भने बच्चालाइ कसरी सुरक्षित राख्ने । यस समय डाक्टरकाे अपाेइन्टमेन्ट लिनेदेखि मेडिकल टेस्टसम्मकाे निर्णय लिन कठिन भइरहेकाे हुन्छ । जुन महिला आमा बन्न लागेकी हुन्छिन्, उनले बच्चाकाे स्वास्थ्यकाे देखभाल निकै ध्यानपूर्वक गर्नु पर्दछ । यसमा राम्राे खानादेखि दबाइ, पेरेन्टल वर्कआउट, रीडिंग आदि सबै समावेश हुन्छ । यससँगै गर्भावस्था हुनुभन्दा अघि लिइने खाेप, त्यसपछि नियमित रूपमा लगाइने खाेपहरू, बच्चाका लागि खाेप, आमालाइ फेरि लगाउनु पर्ने खाेप जस्ता सबै विषयमा विशेष ध्यान दिइनु अति जरूरी हुन्छ ।

खाेपकाे दरमा कमी

गर्भावस्थाकाे क्रममा खाेप लगाउने कुरा गर्दा भारतमा यसलाइ लिएर विभिन्न प्रवृत्ति देख्न सकिन्छ । यस श्रेणीमा सबैभन्दा पहिलाे समस्या खाेप कम स्थानमा उपलब्ध हुने गरेकाे छ । यसका साथै गर्भवती महिलाकाे सुरक्षा र खाेपलाइ लिएर ज्यादै कम जागरुकता देखिएकाे छ । गर्भवती महिलाहरू, खासगरी भारतमा, सबैभन्दा महत्वपूर्ण खाेपमध्ये एक – इन्फ्लुएंजा खाेपलाइ प्रायः बेवास्ता गर्छन् । यस खाेपलाइ अमेरिकामा रोग नियन्त्रण तथा रोकथाम केंद्र अमेरिकी प्रसूति तथा स्त्रीरोग विशषज्ञद्वारा अनिवार्य बताएका छन् ।

गर्भवती महिलामा फ्लू

NBT

याे कुरा सबैलाइ थाहा भएकै हाे कि गर्भवती महिलामा अरू महिलाकाे तुलनामा मौसमी बीमारी, फ्लू, ज्वराे आदि चाँडाे लाग्ने खतरा रहिरहन्छ । यससँगै गर्भावस्थाका समयमा स्त्रीमा हुने मनोवैज्ञानिक परिवर्तनका कारण जाेखिम अरू बढ्छ । गर्भवती महिलामा इम्यून सिस्टम (प्रतिराेधी क्षमता) सिर्फ उनका लागि मात्र नभइ गर्भमा रहेकाे बच्चाकाे स्वास्थ्यका लागि पनि जरूरी हुन्छ । बच्चा छ महिनाकाे नहुँदासम्म याे जरूरी भइरहन्छ । बच्चा जन्मिएपछि पनि बच्चाले आमाकाे दूधबाट पाेषण पाइरहेकाे हुन्छ । यसबाट बच्चाकाे इम्युनिटी बढ्छ ।

इन्फ्लुएन्जाकाे जोखिम
फ्लू लाग्दा गर्भावस्थामा जटिलताका जाेखिमहरू अरू बढ्दै जान्छन् । कैयाैं अध्ययनले के देखाएका छन् भने इन्फ्लुएन्जा भएमा यसले आमाकाे स्वास्थ्यमा प्रतिकूल असर पारेकाे हुन्छ । यसमा समयभन्दा अगावै जन्म, जन्मकाे समयमा कम वजन तथा सिजेरियन डिलीभरीकाे अवस्था सिर्जना हुन सक्छ । हेराैं न, सन् २००९-१० मा H1N1 इन्फ्लुएन्जा महामारीकाे समयमा अधिकतर गर्भवती महिलाहरू या त अस्पतालमा भर्ना भएका थिए वा सघन उपचार कक्षमा राखेर उपचार गर्नु परेकाे थियाे । यी महिलामा मृत्युकाे जाेखिम अन्य वयस्ककाे भन्दा बढी थियाे । छ महिनाभन्दा कम उमेरका बच्चालाइ पनि इन्फ्लुएन्जासँग सम्बन्धित शिकायतमा अस्पताल भर्ना गर्नु परेकाे थियाे ।

खाेपले कसरी गर्छ मद्दत ? 

गर्भवती महिला र बच्चा दुबैलाइ गम्भीर बीमारीबाट बचाउन अहिले पनि इन्फ्लुएन्जा खाेप सबैभन्दा उत्तम खाेप हाे । बिरामी हुनबाट जाेगाउन बच्चाहरू धेरै हदसम्म आमासँग निर्भर हुन्छन् । सन् १९६० मा पहिलाेपटक गर्भवती महिलालाइ इन्फ्लएन्जा खाेप दिनु उपयुक्त हुने सुझाइएकाे थियाे । इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा निकै अध्ययन भएकाे छ र याे पूर्ण रूपमा सुरक्षित छ । खाेप सल्लाहकार समिति (ACIP) तथा WHO ले पनि गर्भका सबै चरणमा इन्फ्लुएन्जाकाे भ्याक्सिन दिनु सुरक्षित रहेकाे बताइसकेकाे छ । भारतकाे प्रसूति तथा स्त्री रोग सम्बन्धी संघ (FOGSI) ले पनि गर्भावस्थाकाे समयमा इन्फ्लुएन्जा भ्याक्सिनकाे सिफारिश गरिसकेकाे छ । के देखिएकाे छ भने जाे महिलाले इन्फ्लुएन्जा भ्याक्सिन लगाएका छन् उनीहरूमा समयभन्दा पहिलाे जन्म तथा  जन्मकाे समयमा माथि भनिएका जटिल समस्यामा कमी देखिएकाे छ ।

यही कारण अधिकतर विशेषज्ञ गर्भवस्थाकाे शुरुआती चरणमै इन्फ्लुएन्जा भ्याक्सिन लगाउन सल्लाह दिन्छन् । भारतमा फ्लूकाे मौसम प्रदेशपिच्छे फरक हुन्छ । यसकारण सीजनका बारेमा ध्यान दिएर गर्भवती महिलालाइ चिकित्सककाे सल्लाहमा भ्याक्सिन लगाउनु बुद्धिमानी हुन्छ । यदि तपाइँकाे भर्खरै बच्चा जन्मिएकाे छ तर इन्फ्लुएन्जाकाे भ्याक्सिन लगाएकाे छैन भने अझै पनि भ्याक्सिन लगाउनुहाेस् । यसबाट तपाइँ र तपाइँकाे बच्चालाइ धेरै मद्दत पुग्नेछ । आमाकाे दूधकाे माध्यमबाट तपाइँकाे बच्चा पनि सुरक्षित हुन सक्दछ । स्वस्थ र सुरक्षित गर्भधारण त्यतिबेला मात्र सम्भव हुन्छ जब तपाइँ सही समयमा उपयुक्त राय लिएर काम गर्नुहुन्छ ।

 

(भारतीय स्वास्थ्य विषयमा तयार पारिएकाे याे लेख स्त्रीराेग विशेषज्ञ डा मिनाक्षी आहूजा, एमडी, FICOG ले लेख्नुभएकाे हाे । नेपालमा पनि याे सान्दर्भिक हुने ठानेर द टाइम्स अफ इन्डियाबाट साभार गरी प्रकाशन गरिएकाे हाे ।)