३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पासहित टिमको उम्मेदवारी घोषणा

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पासहित टिमको उम्मेदवारी घोषणा
अ+ अ-

काठमाडौँ। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि फुर गेल्जे शेर्पाले आफ्नो पूर्ण टिमसहित उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आज यहाँ लाजिम्पाटमा रहेको होटल शङ्करमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदका उम्मेदवार शेर्पाले आफ्नो समूहको परिचय गराउनुभयो ।

उहाँले भन्नुभयो, “मैले हिमाललाई नजिकबाट चिनेको छु, पर्यटनको विकास र पर्यावरणको परिवर्तनलाई मैले नजिकबाट देखेको छु । त्यसकारण मैले यस क्षेत्रको समृद्धिमा गर्न सक्ने धेरै काम छन्, जसलाई हाम्रो समूहले पूर्णता दिनेछ । प्रत्येक वर्ष सुनिने हिमपहिराको घटना न्यूनीकरण गर्नुका साथै हामीले हाम्रो पर्यटकीयस्थलाई प्रवर्द्धन गर्नु दायित्व छ । हाम्रो पेसागत हकहितका लागि गर्नुपर्ने काम धेरै छन्, जसलाई क्रमबद्ध रूपमा पूरा गर्नुपर्ने छ ।”

अध्यक्ष पदका उम्मेदवार शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि उम्मेदवारी’ भन्ने मूल नारासहित कार्ययोजना सार्वजनिक गर्नुभयो । अध्यक्षका उम्मेदवार शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा हुनहुन्छ ।

यसैगरी, सदस्य पदमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डङ्गोल, डोल्मा लामा र निशा भोटेले उम्मेदवारी दिनुभएको छ ।

उक्त समूहले नेपालको पर्वतीय पर्यटन र आरोहीहरूको हितलाई मुख्य प्राथमिकतामा राख्दै नेपालमै ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना गर्ने, आरोहीहरूको सुरक्षाका लागि आपतकालीन उद्धार कोष व्यवस्थित गर्ने र अन्तरराष्ट्रियस्तरको आरोहण तालिम केन्द्र विकास गर्ने जस्ता महत्त्वपूर्ण योजनाहरू अगाडि सारेका छन् ।

यी योजनाहरूले पोखरामा पर्यटकको बसाइ अवधि बढ्ने अपेक्षा गरिएको छ । नेपाल पर्वतारोहण सङ्घको निर्वाचन आगामी भदौ ७ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ ।  रासस