१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कञ्चनपुरमा क्वारेन्टाइन अवधि पूरा गरी ६२३ जना घर फर्किए

कञ्चनपुरमा क्वारेन्टाइन अवधि पूरा गरी ६२३ जना घर फर्किए
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म बसेर घर फिर्ता भएका हुन् । क्वारेन्टाइनमा बस्दा खानपानको सम्पूर्ण व्यवस्था स्थानीय तहले मिलाएका थिए । क्वारेन्टाइनमा बस्नका लागि आउँदा सामान्य स्वास्थ्य जाँच गरिएकालाई आरडिटी परीक्षणपश्चात घर फिर्ता गरिएको छ । आरडिटीको नतिजा सबैको नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता हुनेमा भीमदत्त नगरपालिकामा १४५, महाकाली नगरपालिकामा २२, वेदकोट नगरपालिकामा ३६, शुक्लाफाँटा नगरपालिकामा ४२, कृष्णपुर नगरपालिकामा ३४, पुर्नवास नगरपालिकामा ३४, बेलौरी नगरपालिकामा १२०, लालझाडी गाउँपालिकामा १४६ र बेलडाँडी गाउँपालिकामा ३० जना छन् । 

क्वारेन्टाइनको श्यया सङ्ख्या भीमदत्त नगरपालिकामा १००, महाकालीमा ५१, वेदकोटमा ६४, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३६, पुर्नवासमा ५०, बेलौरीमा १०५, लालझाडीमा ८९, बेलडाँडीमा २३ गरी ५४० रहेका छन् । कवारेन्टाइनमा १४ महिला र १४१ पुरुष गरी १५५ छन् । भारतबाट घर फर्कनेको सङ्ख्या बढ्दै जान थालेको छ । भारतबाट फर्किएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिँदै आएको छ । हालसम्म भीमदत्तमा ४५, महाकालीमा छ, वेदकोटमा छ, शुक्लाफाँटामा तीन, कृष्णपुरमा १४, पुर्नवासमा १५, बेलौरीमा १५, लालझाडीमा ४१, बेलडाँडीमा १० गरी १५५ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । आइसोलेसन श्यया सङ्ख्या महाकाली अस्पतालमा आठ, वेदकोटमा छ र बेलौरीमा पाँच गरी १९ छन् । हालसम्म महाकाली अस्पतालमा १४८, भीमदत्त नगरपालिकामा ७६, महाकाली नगरपालिकामा ३६, वेदकोटमा ४३ गरी ३०३ जनाको पिसीआर विधिबाट स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । तीमध्ये एक जनाको नतिजा पोजेटिभ आएकामा उपचारपछि उनी घर फर्किसकेका छन् ।  

आरडिटी दुई हजार २९८ को गरिएकामा दुईको रिपोर्ट पोजेटिभ आएको थियो । दुवैको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । कञ्चनपुरमा भारतलगायत अन्य देशबाट फर्केका पाँच हजार ८८२ जना रहेका छन् । विदेशबाट फर्केका सबैको स्वास्थ्य जाँच गरिएको छ । हालसम्म दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने २७ हजार २६५ जनालाई स्थानीय तहले राहत सामग्री उपलब्ध गराएका छन् ।