२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण



अ+ अ-

दमौली, (तनहुँ) । वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ ।

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत उक्त कार्यालयले जिल्लाका आठ वटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।

वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट गाउँपालिका–४ को आमडाँडा मोहोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका–३ को जनशक्ति सामुदायिक वन, सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको बराहसेनी सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–२ स्थित तारा सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ को सिद्धथान सामुदायिक वन, भिमाद नगरपालिका–४ मा अवस्थित मसुरेगैरा सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।

पोखरी निर्माणका लागि प्रतिसामुदायिक वन रु एक लाख प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । एक लाखको लागतमा भानु नगरपालिका–९ स्थित वागीश्वरी सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ । रासस