२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेकाे क्वारेन्टाइनमा एक युवककाे मृत्यु



अ+ अ-

बाँकेः बाँकेकाे राप्तीपारी नरैनापुरकाे क्वारेन्टाइनमा बसेका एक २४ वर्षीय युवककाे गएराति मृत्यु भएकाे छ । भारतमा ज्यालामजदुरी गर्ने ती युवक गत बैशाख ३० गते आफ्नाे गाउँ बाँकेकाे नरैनापुर वडा नं. ३ फर्किएका थिए ।

स्थानीयबासीका अनुसार नेपाल प्रवेश गरेलगत्तै उनलाइ स्थानीय दीपेन्द्र प्राथमिक विद्यालयकाे क्वारेन्टाइनमा राखिएकाे थियाे । खासै केही लक्षण नदेखिए पनि गएराति उनले एक्कासी वान्ता गरेका थिए । स्थानीयकाे भनाइमा उनीमा कुनै काेराेनासँग सम्बन्धित लक्षणहरू जस्तै रूघाखाेकी, ज्वराे थिएन ।

शनिबार मात्र भेरी अस्पतालकाे चिकित्सा टाेलीले त्यस क्वारेन्टाइनमा रहेका मानिसकाे स्वाब संकलन गरेकाे मेडिकल सुपरीटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिनुभयाे । उहाँले ती व्यक्तिकाे नमुना परीक्षण भइरहेकाले अहिल्यै केही बताउन नसक्ने बताउनुभयाे ।

बाँकेकाे नेपालगंजमा केही दिनअघि पनि काेराेना संक्रमण फैलिएर तनाबकाे अवस्था सिर्जना भएकाे थियाे, तर अहिले त्याे नियन्त्रणमा देखिए पनि भारतबाट नेपाल प्रवेश गर्नेहरूकाे लामाे लस्करले अर्काे चुनाैती थपेकाे छ ।

स्थानीय प्रशासनका अनुसार भारतबाट नेपालका विभिन्न गन्तव्यतर्फ जान जमुनाहमा झण्डै ८०० मानिस पर्खाइमा रहेका छन् । भारतीय सीमा सुरक्षा बलले पनि भारतमा भेटिएका मजदूर र क्वारेन्टाइनमा रहेका नेपालीलाइ नेपाली सीमामा ल्याएर छाड्ने गरेकाे छ । यसअघि दुबै देशबीच मजदूरहरूलाइ आआफ्ना मुलुकका क्वारेन्टाइनमा राखिने भनिए पनि भारतले त्यसकाे उल्लंघन गरेकाे छ ।