१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

शाओमी बन्यो नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड

शाओमी बन्यो नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड
अ अ+ अ-

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको घोषणा गरेको छ । सन् २०१८ अक्टुबरदेखि संचालनमा आएको यस ब्राण्डले नेपालको स्मार्टफोन बजारमा पहिलो पटक नेतृत्व गरेको छ ।

शाआमीे सन् २०२० को पहिलो त्रैमासिकमा नेपालका लागि स्मार्टफोन नेतृत्वमा उकालो लागेको छ भने सामसुङ्ग र भिभोले पछ्याइरहेका छन् । सन् २०२० मा ३०.९५ बजार सेयरका साथ नेपालमा बिक्री भएका शिर्ष १० स्मार्टफोनहरु मध्य ४ शाओमी डिभाइसहरु रहेका थिए ।

समग्र स्मार्टफोन सिपमेन्ट, आईडीसी त्रैमासिक मोबाइल फोन ट्रयाकर, पहिलो त्रैमासिक सन् २०२०
सूची नम्बर    स्मार्टफोन विक्रेता    बजार सेयर
१                    शाओमी               ३०.९५
२                   सामसुङ्ग              १८.६५
३                   भिभो                  १२.३५
४                   ओप्पो                 १०.०५
५                    लाभा                 ५.३५

मुख्य हाइलाइटहरु :
शाओमीले सन् २०१८ मा आधिकारिक रुपमा संचालनमा आएदेखि पहिलो पटक सन् २०२० को प्रथम त्रैमासिकमा नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको छ,
शाओमीले सन् २०२० को प्रथम त्रैमासिकमा ३०.९५ बजार सेयरको साथ अग्र स्थानमा रहेको छ,
विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिकमा शाओमी दोस्रो ठुलो स्मार्टफोन विक्रेता भन्दा ६६५ ले ठुलो छ,
शाओमी स्वतन्त्र रुपले नेपालमा दोस्रो ठुलो र तेस्रो ठुलो स्मार्टफोन विक्रेताको संयुक्त रुप भन्दा ठुलो छ,
सन् २०२० को प्रथम त्रैमासिकमा शिर्ष पाँच स्मार्टफोन मध्य दुईवटा शाओमीका स्मार्टफोन थिए, रेडमी नोट ८ ले नेपालमा नम्बर एक स्मार्टफोनको नेतृत्व गरिरहेको छ भने त्यसलाई रेडमी ८ ले पछ्याएको छ,

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी पहिलो पटक स्मार्टफोन बजारमा अग्रणी भयौं र शाओमी नेपालमा यो हाम्रो लागि उत्साहजनक क्षण हो । सबैको लागि नवीनता उत्पादनहरु ल्याउन हाम्रो लक्ष्यका साथ हामी हाम्रो मी फ्यानहरुको लागी कडा परिश्रम गर्न कोशिस गर्नेछौं ।”

उनले थपे, “हामी हाम्रो मी फ्यानहरूबाट प्राप्त अतुलनीय प्रेम र समर्थनको लागि आभारी छौं, जसले हामीलाई हरेक मार्गमा विश्वास गर्छन् । हाम्रो शुरूदेखि यहाँको यात्रा एउटा गजबको अनुभव हो र म साँच्चिकै विश्वास गर्दछु कि हामी सबै भन्दा उत्कृष्ट विशेषता, उच्च गुणस्तर र इमान्दार मूल्य निर्धारणमार्फत हाम्रा प्रयोगकर्ताहरूको प्रेम र विश्वास प्राप्त गर्ने हाम्रो प्रतिबद्धतासहित मानिसहरुको जीवनको ठुलो हिस्सा बन्नेछौं ।” 

ब्राण्डले सफल फेस्टिव सेलकोे रूपमा बजारमा नियमित वृद्धि देख्यो । कम्पनी अनलाइन बिक्री साझेदार डराज डट कम (म्बचबश।अयm) को सबै सेल्स इभेन्टहरुमा नम्बर १ थियो र शाओमीको दशैं बिक्रीले ब्रान्डलाई ठूलो योगदान पुर्यायो । अफलाइन वृद्धिले समग्र वृृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले शाओमीले एक बर्षमा देशभरि ३५० मी प्रिफर्ड पार्टनर पसल सहित ९०० भन्दा बढि अफलाइन साझेदारहरू स्थापना गर्याे, जसले नेपालमा उनीहरूको उपस्थितिलाई सुदृढ बनायो । कम्पनीसँग हाल विभिन्न स्थानहरुमा एक मजबूत वितरण नेटवर्क छ । उनीहरूले विशेष बिक्री सेवा केन्द्रहरु मार्फत बिक्री सेवाको साथसाथै नेपालमा ग्राहकहरुको आवश्यकता पूरा गर्न डेडिकेटड सर्भिस वेयरहाउसका साथ बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेका छन् ।