१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नीति तथा कार्यक्रमले निजी क्षेत्र निराश

नीति तथा कार्यक्रमले निजी क्षेत्र निराश
अ अ+ अ-

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमले निजी क्षेत्र निराशभएको छ । अहिलेको विषम परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने विषयमा सरकारले ठोस योजना ल्याउन नसकेको भन्दै निजी क्षेत्रकातीनओटै छाता संगठनले निराशा व्यक्त गरेका छन् ।

नीति तथा कार्यक्रमले सम्बोधन गरेका विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज शनिवार आयोजना गरेको भिडियो कन्फरेन्समा निजी क्षेत्रका प्रतिनिधिले यस्तो धारणा राखेका हुन् । कोरोनाभाइरस (कोभिड—१९)को संक्रमण पछि शिथिल बनेको अर्थतन्त्रलाई तत्काल उपयुक्त राहत प्याकेज ल्याउन जरुरी भए पनि त्यसतर्फ ध्याननदिएपनिनीतितथाकार्यक्रमले स्वास्थ्य क्षेत्रमालगानी वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतादिनु सकरात्मकपक्षभएको उनीहरुले बताए ।

कार्यक्रममा नेपालउद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)कावरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोनाभाइरसले तत्काल देखाएको असरलाई सम्बोधनगर्ने गरी कार्यक्रम केन्द्रितनभएको बताए । उनले स्टीमुलस प्याकेज ल्याउन सरकारले ध्याननदिएको भन्दै गोल्छाले भने, ‘तरलताव्यवस्थापनअहिलको मुख्यचुनौतीहो, अर्थतन्त्रलाई पुनरुत्थानगर्नकालागिआन्तरिक र बाह्य ऋण लिने विषयमाकुनै कुरा नै आएनभने पुनर्कर्जा, व्याज घटाउने र श्रमिकको पारिश्रमिकव्यवस्थापनमा सरकार मौन नै देखियो ।’

यद्यपी उनले १३ दिनपछि आउने बजेटले केही सम्बोध नगर्ने अपेक्षा राखिएको बताए । स्वास्थ्यमा लगानी, कृषिलाई व्यवसायीकरण गर्ने, बाँझो जमिनमा खेतीगर्ने र रोजगारी लगायतका विषयभने स्वागत योग्यभएको उनले तर्क गरे । अब बजेटमा स्टीमुलस प्याकेज ल्याउनुपर्ने, भारतमानिर्यात गर्दा ५ प्रतिशत र अन्य तेस्रो मुलुकमानिर्यात गर्दा १० प्रतिशत सरकारले सहुलियत दिनुपर्ने, डिमाण्ड चार्ज छुट हुनुपर्ने र पारिश्रमिकका विषय सम्बोधन हुनुपर्ने सुझाव उनको छ । उनले निजी क्षेत्रले आफ्नो स्वार्थकालागि सरकारसँग राहतनमागेको पनिदाबी गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ राजेन्द्र मल्लले सरकारले निजी क्षेत्रकालागि ल्याउने राहतका विषयमा स्पष्ट नभएको बताए । यस्तै उनले नीति तथा कार्यक्रमले सम्बोधननगरे पनि अब आउने बजेटमार्फत सम्बोधनहुने अपेक्षा राखे ।अबको विषम परिस्थितिबाट अर्थतन्त्रलाई उकास्नकालागि सरकारले आन्तरिक उत्पादन वृद्धि, सरकारी खर्च घटाउनुपर्ने, धेरै पारिश्रमिक लिने प्रमुखकार्यकारी अधिकृतहरुको पारिश्रमिक कटौतीगर्नुपर्ने, किसानले लिएको ऋणको ब्याज ६ महीनासम्म असुलीगर्न नुहुने विषयहरुमा सरकारले ध्यानदिन आवश्यक भएको मल्लले बताए ।

यसैगरी उनले विदेशबाट आएकालाई उनीहरुले सिकेको सीपलाई उच्चतमप्रयोग गर्नका लागि विमानस्थलमै तथ्यांक संकलनगर्ने कार्य शुरु गर्नुपर्ने धारणा राखे । एग्रो टुरीजम लाई प्राथमिकता दिनुपर्ने बताउँदै मल्लले भने, ‘अहिले सञ्चालनमा आएका एयरलान्सलाई मर्जरमा लैजान र नेपालका लागि होटेल तथा रिसोर्ट कति आवश्यकता हो भन्ने विषयको पनि मुल्यांकनहुन जरुरी छ, अहिले यो पेशा फेसन जस्तै भएको छ ।’

यसैगरी नेपालउद्योग परिसंघ (सिएनआई)कावरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले पनि नीति तथा कार्यक्रमले सम्बोधन नगरेका विषयहरु बजेटले सम्बोध नगर्ने अपेक्षा राखेको बताए । उनले सरकारी फजुल खर्च घटाएर पुँजीगत बजेट तथाखर्च बढाउन पनि सरकारलाई सुझावदिए । उनले भने, ‘कुल गार्हथ्यउत्पादन (जीडीपी)को ५ प्रतिशत स्टीमुलस प्याकेज मागगरिएको भए पनि नीति तथा कार्यक्रममा स्पष्ट छैन, उत्पादन मुलक क्षेत्र तथा उद्योगहरुलाई संरक्षण गर्न सकिएन भने मुलुकको अर्थतन्त्र नै संकटमा पर्ने भएकोले सरकारले पनि उद्योग व्यवसाय जोगाउनका लागि योगदान गर्नुपर्छ ।’

यसै गरी नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले  सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरे । ५३ बुँदामा सरकारलाई सुझाव दिए पनि केहीमात्र समेटिएको भएपनि सम्बोधन पर्याप्त नभएको उनले बताए । साना तथा मझौला उद्योगकालागि सरकारले ल्याएका केही कार्यक्रम भने सकरात्मक भएको उनको भनाई छ । सरकारले उद्यमगर्नकालागि सीड मनीउपलब्ध गराउने, उद्यमशिल नागरिक बनाउने लगायतका विषयहरु सकरात्मक भएको उनले बताए ।