२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा भूमि वितरण अविलम्ब रोक्न माग



अ+ अ-

काठमाडौँ। नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सुकुम्बासी समस्यालगायत कुनै पनि समस्याको बहानामा भइरहेको मधेसको भूमि वितरण अविलम्ब रोक्न माग गर्नु भएको छ ।

आज सो पार्टीले यहाँ आयोजना गरेको पत्रकार उहाँले भन्नुभयो, “महिला, युवालाई रोजगारमूलक शिक्षा एवं देशको रोजगारमुखी विकास आजको आवश्यकता रहेको हाम्रो पार्टीले प्रस्ट पारेको छ । पनि समस्याको बहानामा भइरहेको मधेसको भूमि वितरण कार्य अविलम्ब रोक्नु पर्छ ।”

त्यस अवसरमा अध्यक्ष झाले सद्भावना पार्टीका चार वटा सैद्धान्तिक र आठ वटा व्यावहारिक प्रतिबद्धता सार्वजनिक गर्नुभयो । सैद्धान्तिक प्रतिबद्धता मधेस आन्दोलनका सहिदलाई अन्य आन्दोलनका सहिदसरह सम्मान स्थापित गराउने उल्लेख गरिएको छ ।

महिला, दलित, मुस्लिम, पिछडावर्ग सहित पहाड तथा तराईका अल्पसङ्ख्यक आफ्नै देशभित्र सदियौँदेखि दमन, उत्पीडन, अन्याय, अत्याचारमा परेको भन्दै उनीहरूको सम्मानपूर्ण नागरिक हक, पहिचान, पहुँच, प्रतिनिधित्व, प्राकृतिक स्रोत एवं राजस्वको बाँडफाँटमा समान अधिकारका लागि संघर्षरत रहने प्रतिबद्धता पनि नेपाल सद्भावना पार्टीले व्यक्त गरेको छ ।

‘एकीकृत नेपालभित्र समृद्ध मधेस र अधिकार सम्पन्न मधेसी समुदाय’ भन्ने पार्टीको स्थापित सैद्धान्तिक मान्यताका लागि संघर्षरत रहने प्रतिबद्धता पनि सो पार्टीले जनाएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट राजनीतिक, आर्थिक, सामाजिक, भाषिक सांस्कृतिक, लैङ्गिक, क्षेत्रीय, जातीय एवं सामुदायिक विभेद अन्त्य एवं प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रताको प्रत्याभूतिका लागि संघर्षरत रहने पार्टीको भनाइ छ ।

सो पार्टीले व्यावहारिक प्रतिबद्धताअन्तर्गत मधेसमा खानेपानी सङ्कटको दीर्घकालीन समाधान, मधेसको उर्वर माटोको क्षयीकरण रोक्ने, उन्नत कृषि प्रणालीे स्थापना, स्वरोजगार प्रवद्र्धनका समाधानमुखी प्रयासमा ध्यानाकर्षण गराएको छ ।

यस्तै सङ्घीयता कार्यान्वयनमा प्रदेश सरकारहरूले देखाइरहेको उदासीनता र केन्द्र सरकारको उपेक्षाभावप्रति सो पार्टीले चिन्ता प्रकट गरेको छ । रासस