१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ गोल्डकपः सहलेश युवाक्लब सिरहा फाइनलमा



अ+ अ-

ताप्लेजुङ। सहलेश युवाक्लब सिरहा ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलको अन्तिम खेलमा सहलेशले रेडस्टार फुटबल क्लब झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरेको हो । सिरहाका लागि दुवै गोल युसुफ मल्लिकले गरेका थिए । उनले खेलको १३औँ र ४८औँ मिनेटमा गोल गरेका थिए ।

शनिबार फाइनल खेलमा सिरहाले चर्च ब्वाइज क्लब ललितपुरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा ‘द योङ ब्रदर्श क्लब इटहरी, सुनसरी’लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले सदरमुकाम फुङ्लिङस्थित भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरेको उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् ।

विजेताले रु सात लाख दुई हजार ८२ तथा उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष सागर मादेनले जानकारी दिए । रासस




भर्खरै