१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

बाँकेका युवामा पनि कोरोना पुष्टि भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

बाँकेका युवामा पनि कोरोना पुष्टि भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो
अ अ+ अ-

काठमाडौँ । बाँकेमा आज बिहान मृत्यु भएका एकजना युवामा पनि कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा यो भाइरसबाट ज्यान जाने व्यक्तिको सख्या २ पुगेको छ । यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो।  

ती संक्रमितको शव व्यवस्थापन गर्नेबारे प्रदेश ५ को स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको बताइएको छ । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गरिने छ । आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।

भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो। उनको मृत्युको बारेमा आज अपरान्हसम्म पुष्टि हुन सकेको थिएन । 

मन्त्रालयका प्रवक्ता देवकाेटाले घटनाको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयाे ।

सम्पर्कमा रहेका व्यक्तिकाे विवरण खाेजी शुरू

यसअघि धुलिखेल अस्पतालमा २९ वर्षिया सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ । सोहीक्रममा उपत्यकाका विभिन्न स्थानमा ४ सय बढीको नमुना परीक्षणको तयारी मन्त्रालयले गरेको छ ।  जसमा १ सय ५० जनाको पिसिआर र २ सय ५० आरडिटी परीक्षणका लागि नमुना संकलन सुरु भएको उहाँले बताउनुभयो ।

आइतबार संक्रमितको संख्या २ सय ९१ पुगेको छ । ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । गत २४ घण्टामा पिसिआर विधिबाट १ हजार ४ सय ६९ वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार २० वटा गरी जम्मा ३ हजार ४ सय ८९ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट २८ हजार १ सय ६० र आरडिटी विधिबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रदेश नम्बर १ मा ९ हजार १ सय ८६, प्रदेश नम्बर २ मा ६ हजार, बागमती प्रदेशमा ११ हजार २ सय ५७ वटा आरडिटी परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश नम्बर ५ मा ८ हजार ७ सय ५१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १८ हजार २ सय ७१ वटा आरडिटी परीक्षण भएको उहाँले बताउनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी ३ सय ४६ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा १ सय २२ र उपत्यमा ३५ सहित बागमती प्रदेशमा ७१ जना आइसोलेसनमा रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १, प्रदेश नम्बर ५ मा १ सय १७ र सुदूरपश्चिम प्रदेशमा ११ जना जना आइसोलेसनमा रहेका छन् ।

अहिले देशभरी १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा २ हजार ६ सय १३, बागमती प्रदेशमा २ सय २७ र गण्डकी प्रदेशमा ३ सय ६० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ११ जार ९ सय ४८, कर्णाली प्रदेशमा ६ सय ३४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ स २८ जना क्वारेन्टाइनमा रहेका छन् ।

याे पनि पढ्नुहाेस्