२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली आक्रमणबाट आठ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । गाजा सहरको जेइत्नस्थित एक घरमा आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको इजरायली अकुपेसन फोर्स (आइओएफ) ले बिहीबार जनाएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी ९वफा० ले स्थानीय स्रोतलाई उद्धृत गर्दै इजरायली ड्रोनले प्रहार गरेपछि उद्धार र नागरिक सुरक्षा टोलीले आठ मृत शरीर घटनास्थलबाट लगेको बताएको छ ।

गाजाको दक्षिणमा र मध्य गाजा पट्टीमा सहायता वितरण स्थलमा भेला भएका मानिसहरूलाई लक्षित गरी बम प्रहार गरेको कारण विगत २४ घण्टामा सात जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएको नुसिरातको अल–अवदा अस्पतालमा रिपोर्ट गरिएको छ ।

स्रोतका अनुसार छ जना घाइतेहरूलाई थप उपचारका लागि अल–अक्सा शहीद अस्पतालमा सारिएको छ ।