२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली आक्रमणबाट आठ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । गाजा सहरको जेइत्नस्थित एक घरमा आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको इजरायली अकुपेसन फोर्स (आइओएफ) ले बिहीबार जनाएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी ९वफा० ले स्थानीय स्रोतलाई उद्धृत गर्दै इजरायली ड्रोनले प्रहार गरेपछि उद्धार र नागरिक सुरक्षा टोलीले आठ मृत शरीर घटनास्थलबाट लगेको बताएको छ ।

गाजाको दक्षिणमा र मध्य गाजा पट्टीमा सहायता वितरण स्थलमा भेला भएका मानिसहरूलाई लक्षित गरी बम प्रहार गरेको कारण विगत २४ घण्टामा सात जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएको नुसिरातको अल–अवदा अस्पतालमा रिपोर्ट गरिएको छ ।

स्रोतका अनुसार छ जना घाइतेहरूलाई थप उपचारका लागि अल–अक्सा शहीद अस्पतालमा सारिएको छ ।