८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै
अ+ अ-

म्याग्दी । कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिरुवारी, अन्नपूर्ण गाउँपालिका– ३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण– ७ को महभिर लगायतका ठाउँमा निरन्तर पहिरो खसेर सडक अबरुद्ध हुने गरेका छन् ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत सिरुवारी, गुइँठेभिर, खामभिक्ता लगायतको ठाउँमा पहिरो रहेको र सामान्य रोकथामबाट पहिरोलाई नियन्त्रण गर्न नसकिने अवस्थामा रहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका योजना प्रमुख ध्रुव कुमार झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बर्षातमा यो क्षेत्रमा निरन्तर रुपमा पहिरो खस्ने गरेको छ, हामीले पहिरोग्रस्त क्षेत्रमा अबरुद्ध हुने सडकलाई डोजर लगाएर खुलाउने गरेका छौँ, तर पहिरोको स्थायी समाधान नभएसम्म बर्खायाममा सडक सुरक्षित बनाउन सम्भव देखिएको छैन ।’’

पहिरोग्रस्त क्षेत्रको भूगर्वविद्हरुको टोलीद्वारा विस्तृत अध्ययन गरी रोकथामको लागि प्रक्रिया अघि बढाइएको भएपनि पहिरो नियन्त्रण र रोकथाम योजनामा कुनैपनि निर्माण कम्पनीले ठेक्का प्रक्रियामा भाग नलिएपछि पहिरो रोकथामको योजना अलपत्र परेको छ । गत बर्ष आयोजनाले पहिरो नियन्त्रण र रोकथामका लागि रु २० करोड बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको भएपनि निर्माण कम्पनीले ठेक्कामा भाग नलिएपछि काम सुरु हुन नसकेको हो । चालु आर्थिक बर्षमा समेत पहिरो रोकथाम र नियनत्रण योजनाको लागि विनियोजन भएको बजेटलाई कार्यान्वयनका लागि ठेक्का प्रकृया अघि बढाइएको योजना प्रमुख झाले जानकारी दिनुभयो । बेनीदेखि घाँससम्म करिब ४० किलोमिटर सडक खण्डमा १० वटा पहिरो छन् । यस स्थानमा भएका पहिरोको विस्तृत अध्ययन गरेपनि रोकथाम र नियन्त्रणको काम सुरु नहुँदा हरेक बर्खायाममा म्याग्दीको रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङ जिल्लाका सर्वसाधारण तथा पर्यटक र तिर्थयात्रीहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

पानी पर्दासाथ पहिरो खस्ने समस्याले सडकयात्रा जोखिमपूर्ण भएको अन्नपूर्ण गाउँपालिका– ३ दानाका वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो । ‘‘ यो समयमा रातमा यात्रा गर्न उपयुक्त छैन, ठाउँ ठाउँमा पहिरोले सास्ती दिने गरेको छ, बर्षा नरोकिँदा सम्म बेनी–घाँसा खण्डको यात्रा निकै जोखिमपूर्ण छ’’– वडा अध्यक्ष पुर्जाले भन्नुभयो । बेनी–जोमसोम सडकमा पहिरोका कारण वर्षातको समयमा यातायात प्रभावित हुने गरेको छ भने यात्रुले सास्ती खेप्दै आएका छन् । सडक विस्तार गर्नुभन्दा अघिसम्म अहिले गएका ठूला पहिरो नभएकाले सडक कालोपत्रे सहितको योजनामा पहिरो नियन्त्रणको काम समावेश गरिएको थिएन । कालोपत्रे सहित स्तरोन्नती भैरहेको बेनी–जोमसोम सडकखण्डमा करिब ८५ प्रतिशत भौतिक प्रगति भैसकेको छ ।

आयोजनाले गत वर्ष नै ठूला पहिरोको जोखिम र रोकथामबारे विस्तृत अध्ययन गरेपनि रोकथामको काम भने अझै सुरु भएको छैन् । यस सडकखण्डमा हरेक बर्ष नयाँ ठाउँमा पहिरो खस्ने समस्या बढेको छ । कालीगण्डकी नदी किनार हुँदै विस्तार भएको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी खण्डमा सडक विस्तारको भूगोल साँघुरो रहेको छ भने कमजोर भू–बनोटका कारण नयाँ नयाँ ठाउँमा पहिरो खस्नेक्रम बढ्दो छ । यो बर्ष महभिरमा नयाँ पहिरो खस्न थालेको छ ।

पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा मंगलवारदेखि रातको समयमा सवारीसाधन चलाउन बन्द गरिएको छ। जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसारसाउन २७ गते बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिएको हो । बर्षासंगै ठाउँ ठाउँमा ठूला पहिरोको जोखिम बढेको र सडक अबरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवत जावत बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । रासस