३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलबाट ११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले ठमेलबाट ११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको हेनान प्रदेश घर भएका ४६ वर्षीय लिउ जिङताओ र २३ वर्षीय लिउ स्याओस्वाई रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलस्थित जेपी मोडमा रहेको चिनियाँ होटलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ११५ केजी बुद्धचित्तको दाना र १२ लाख ७० हजार नगद समेत बरामद गरेको छ ।

काठमाडौँमा पर्यटक भिसामा आएका उनीहरु बाबुछोरा रहेका प्रहरी स्रोतले जनाएको छ । उनीहरूले अवैध तरिकाले बुद्धचित्तको दाना सङ्कलन गर्ने गरेको पाईएको छ । उनीहरूमाथि थप अनुसन्धान भईरहेको छ ।