१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना संक्रमण निगेटिभ

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना संक्रमण निगेटिभ
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ। अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको हो । उनीहरु सबै अस्पतालको आइसोलेसनमा छन्।

उनका अनुसार नवजात शिशुमा भने जन्डिसको समस्या छ। 'नवजात शिशुमा देखिने जन्डिसको समस्या यी शिशुमा पनि देखिएको हो,' डा ताम्राकारले भने, 'अरु सबै अवस्था सामान्य छ।' कोभिड–१९ का कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ति सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको महिला हुन् । शनिबार उनको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको हो। 

मन्त्रालयका अनुसार अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो।

अस्पतालमा उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले उनको स्वाबको थप परीक्षणका लागि टेकु पठाइएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनमा कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले कोरोनाका कारण मृत्यु हुने पहिलो व्यक्ति भएको आधिकारिक जानकारी गराएको थियो।