१३ श्रावण २०८३, बुधबार
,
Latest
शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले लुम्बिनी प्रदेशद्वारा सामाजिक अराजकताविरुद्ध दृढतापूर्वक उभिन आह्वान



अ+ अ-

लुम्बिनी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनीले वर्तमान प्रदेश सरकारको नेतृत्वमा रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम बनाउने जनाएको छ ।

जिल्लालाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने योजना सम्पन्न गर्न सरकारले विशेष जोड दिएको जनाएको हो । आज दाङको लमहीमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौंँ पू्र्ण बैठकमा लुम्बिनी प्रदेश सरकारले सुरू गरेका राजधानीका लागि प्रशासकीय भवन, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर–कपुरकोट पहाडी लोकमार्ग र लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई पूर्णता दिनेगरी काम अघि बढाएको उल्लेख गरिएको छ ।

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षमा उल्लेखनीय काम गरेकाले पार्टीका अनुसार सरकारले राजनीतिक स्थायित्व कायम गर्दै अघिल्ला कार्यकालको आयोजनाको निरन्तरता, सहकारी क्षेत्रका बेथितिलाई सम्बोधनर भ्रष्टाचारविरुद्ध दृढ अडान लिएको निष्कर्ष निकालेको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनको नतिजाले २०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले कार्यकर्तालाई जितका लागि दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएर दृढतापूर्वक काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

एक वर्षे उपलब्धि प्रस्तुत गर्दै उहाँले पूर्व विशिष्ट पदाधिकारीको सेवा–सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पु-याएको, सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल, कालोपत्र सडक र नयाँ सडक निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार सरकारका काम–कारबाहीबाट गाउँ र सहर जोडिएका छन् । बैठकलाई केन्द्रिय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेललेलगायतले सम्बोधन गर्नुभएको थियो । बैठकमा १२ जिल्ला अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । रासस