६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित घर ल्याउनुपर्छ : महामन्त्री कोइराला (पूर्णपाठ)

विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित घर ल्याउनुपर्छ : महामन्त्री कोइराला (पूर्णपाठ)
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताउनुभएको छ । जनताको दुःखमा सरकार संवेदनशिल हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम आएको उहाँले बताउनुभयो ।

नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लागयतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएपनि सार्थक र परिणाममूखि वार्ता गरेर उच्च स्तरबाटै समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताएपनि खास योजनाहरु नआएको उहाँले बताउनुभयो । दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशिल हुँदै विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन उहाँले आग्रह गर्नुभयो । 

यस्तो छ उनले संसदमा राखेका धारणा 
 
सभामुख महोदय,
आ.व. २०७७–७८ को लागि नेपाल सरकारले ल्याएको निती तथा कार्यक्रममाथि नेपाली काङ्ग्रेसको तर्फबाट दर्ता गरीएको संसोधन प्रस्तावलाई सर्मथन गर्दै आफ्ना केहि विचार राख्न चाहान्छु।

सभामुख महोदय,
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड १९० ले पारेका र पार्न सक्ने प्रभावहरुको आकलन गर्दै नीति तथा कार्यक्रमले प्राथमिकता छुट्याउनु पर्ने थियो। तर, निवन्धात्मक शैलीमा मुख्यतया सरकारको गुणगान गाउदै आएको नीति तथा कार्यक्रमबाट सरकार आम – नागरिकको दुखमा संवेदनसील नभएको प्रष्ट देखिन्छ । 

सभामुख महोदय,
लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भुमिको अतिक्रमण बारे नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक तर उच्चस्तरमा सार्थक र परिणममुखी वार्ता गरेर समस्या समाधान गर्नको लागि आग्रह गर्दछु । नेपाली कांग्रेस सरकारमा हुदा तात्कालीन प्रधानमन्त्री सुशील कोइरालाले प्रोटेस्ट नोट पठाएर कुटनीतिक पहल गरेको कुरा स्मरण गर्न चाहान्छु ।  

सभामुख महोदय,
कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख भएपनि त्यसका लागि खास कार्ययोजना भने आएन । संकटमा परेका विश्वभर रहेका सबै देश फर्कन चाहाने नेपाली नागरिकलाई सरकारले स्वास्थ्य परीक्षण गरी आवश्यक भए क्वारण्टीनमा राखि सुरक्षित एवं सम्मानजनक तवरमा  घर फर्कउने व्यवस्था गर्न आग्रह गर्दछु। दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय स्तरका नागरिकको राहात प्याकेज वितरणमा अझ बढी संवेदनसिल भएर ब्यवहारमा उर्तान सरकारलाई आग्रह गर्दछु । राहात वितरणको लागि स्थानिय सरकारको भुमिकानै प्रभावकारी गराउदै अझै व्यापकता दिन म आग्रह गर्दछु ।  

सभामुख महोदय,
यो विपदको बेला नेपाली कांग्रेसले सरकारलाई निरन्तर साथ दिइरहेकै छ। तर, महामारीसंग जुध्नको लागि सरकारले आज सम्म गरेका तयारी र काम अपेक्षाकृतरूपमा परिणाममुखी हुन सकेका छैनन। आज सम्म पनि स्वास्थ्यकर्मीको लागि प्रयाप्त सुरक्षा उपकरणको उपलव्ध नहुनु, विश्वसनिय परिक्षण किटको अभाव हुनुले सरकार असंवेदनसिल भएको प्रष्ट हुन्छ । अहिलेको प्राथमिकता कोरोना संक्रमण रोक्नु हुदा हुदै पनि अस्पतालको निरन्तर र आकस्मिक सेवा पाउनु पर्ने विरामीले उपचार नपाएर ज्यान जोखिममा परेको खवरलाइ गम्भिर रुपमा लिन समेत सरकारलाई आग्रह गर्दछु । आवश्यक स्वास्थ्य सामाग्री तत्काल प्रबन्ध गर्दै परिक्षणको दायरा वढाउन समेत म सरकारसंग आग्रह गर्दछु । संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मिको, सुरक्षामा खटीएका सुरक्षाकर्मि तथा सरसफाइ कर्मचारीको मनोबल उच्च बनाउदै अघी बढ्न म सरकारसंग आग्रह गर्दछु ।

सभामुख महोदय,
नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचार विरुद्ध कारवाहिलाई तिब्रता दिएको भनिएको छ तर महासंकटको यस्तो अवस्थामा समेत सरकार संवेदनसिल नभएर भ्रष्टाचारमा लिप्त भएको कुरा त औषधि उपकरण ल्याउन दिएको ठेक्काको खरिद प्रकृयामा अनियमितता भएको र प्रकृया रद्ध भएबाटै प्रष्ट छ ।  यति काण्ड, सेक्युरीटी प्रेस खरिद काण्ड तथा संसद अपहरण जस्ता काण्डहरु छताछुल्लै छन।

सभामुख महोदय,
भोकमरी आउन नदिन कृषि क्षेत्रमा ठूलो लगानी गर्दै तत्काल कृषकका लागि बिउविजन र मलको उचित व्यवस्थापन गर्नुपर्ने छ । मजदुर किसानले प्रयाप्त राहात पाएका छैनन नेपालमा मजदुर भोक भोकै १० –१५ दिन सम्म हिडेरै घर पुग्नु परेको छ । स्थानिय कृषकका उत्पादनले बजार नपाएर कहीले खोलामा बगाएको त कहीले रोडमा फालेको समाचारहरु आइरहदा समेत  कृषिजन्य बस्तुहरुको आयात रोक्न नसक्नुले सरकारको कार्यक्षमता र व्यवस्थापनमा प्रश्न चिन्ह उठेको छ । 
पहिलो प्राथमिकतामा कृषिलाई राखेर उपयुक्त कार्यक्रम ल्याउनु पर्नेमा  बिगतमा नतिजा दिन नसेकेका कार्यकर्ता पोस्ने योजनाको रुपमा रहेको प्रभानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई जस्ता कार्यक्रमलाई निरन्तरता दिईनु अत्यन्तै दुर्भाग्यपूर्ण छ । कृषि जन्य उत्पादनमा आत्म निर्भर हुने परिस्थितीको श्रृजना गर्नको लागि  नयां योजना ल्याउन सरकारसंग आग्रह गर्दछु ।

सभामुख महोदय,
बैदेशिक रोजगारीबाट फर्किन वाध्यहुने नागरिकको समस्या सम्बोधन गर्न सरकारसंग कुनै  सोच र तयारी छैन । यस्तो कठिन अवस्थामा समेत मुलुकको अर्थतन्त्रलाई अगाडी लैजाने विषयमा सरकारले ठोस योजना ल्याउन नसक्नुले निजी क्षेत्रहरुलाई थप निरास बनाएको छ । ठुलो रोजगारीको माध्यम बनेका कतीपय साना मझौला तथा ठुला उद्मोगहरु धरासायी हुनबाट जोगाउने कुनै योजनानै छैन। उत्पादन मुलक क्षेत्र तथा उद्मोगहरुलाई  संरक्षण गर्न सकिएन भने मुलुकको अर्थतन्त्रनै संकटमा पर्ने छ त्यसैले सरकाले प्रभावित उद्मोगहरु जोगाउन योगदान दिनुपर्छ । लामो समयसम्म प्रभावित हुने पर्यटन लगायतका उधोग, व्यवसायलाइ राहत र उत्थान प्रदान गर्न सरकारसँग कुनै योजना छैन ।
नीति तथा कार्यक्रमले लाखौ  विद्मार्थीलाई सम्वोधन गर्न सकेको छैन । संचारजगतका समस्याप्रति  संवेदनशील छैन। 
 
सभामुख महोदय,
अन्तमा, संसदमा प्रस्तुत सुझावहरूमा ध्यान दिएर माहामारीको विद्ममान र दिर्घकालीन चुनौतीको सम्बोधन गर्न सक्ने बजेट बनाउन सरकारलाइ आग्रह गर्दछु।
धन्यवाद , जय नेपाल।