१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जटिल नीतिगत संरचनाले विकासमा बाधा पु-याएको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक÷वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडिएसी) बैठकमा मन्त्री गुरुङले नीति, नियम र ऐन कानुन सुधार गरेर सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।

साथै, उहाँले संस्थागत सुधारका लागि कर्मचारी, प्रशासन संयन्त्र र कार्यशैलीमा सुधार ल्याउनु अर्को महत्वपूर्ण पक्ष हुने बताउनुभयो । विगतबाट पाठ सिक्दै आगामी कार्य सम्पादनमा अपेक्षाकृत प्रगति गर्न उहाँले सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले प्राप्त बजेटको भरपुर सदुपयोग गरेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । हुलाक सेवाले प्रगति गरेकामा उहाँले प्रशंसा गर्नुभयो ।

सञ्चार सचिव राधिका अर्यालले मन्त्रालयले केही महत्त्वपूर्ण नीतिगत कार्य गरेको बताउनुभयो । हाल मन्त्रालयले ऐन, संशोधन, नीतिगत सुधार गर्न लागेकाले यसले आगामी कार्यदिशामा काम गर्न सहजता प्रदान गर्ने उहाँको भनाइ थियो ।

बैठकमा मन्त्रालयका सहसचिव कोशहरी निरौलाले मन्त्रालयको कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार सीमित स्रोत र साधनका कारण लक्ष्य पूरा गर्ने चुनौती छ ।

यद्यपि आगामी दिनमा सुधार गर्दै कार्ययोजना बनाउन मन्त्रालयले जोड दिएको उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका विभिन्न निकाय प्रमुख र विभागीय प्रमुखहरुको उपस्थिति थियो । रासस