१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मध्यपुरथिमि नपाले सञ्चालन गरेको अस्पतालको नाममा आधिकारिकताको प्रश्न ?

मध्यपुरथिमि नपाले सञ्चालन गरेको अस्पतालको नाममा आधिकारिकताको प्रश्न ?
अ अ+ अ-

भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा नगर प्रमुखको नियम बिपरित हुने कार्यका लागि दबाब बढन थालेपछी कार्यकारी अधिकृतले रातारात सरुवा लिएका छन् । नियम बिपरित भागबन्डाका आधारमा २० जना नगर प्रहरी भर्तिको बिषयमा विवाद बढेपछी कार्यकारी अधिकृत बिश्वराज मरासिनीले कोरोनाको महामारीकै बीच सरुवा लिएका हुन् ।

नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले नियम बिपरित कार्यहरु गर्न दबाब दिने गरेका कारण मध्यपुरथिमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु धेरै समय टिक्न सक्दैनन् । कार्यकारी अधिकृतहरु जति समय नगरपालिकामा काम गर्छन् त्यो अवधिमा कि त नगर प्रमुख र कार्यकारीबीच टसल चलिरहन्छ, कि त कार्यकारीहरु सरुवाको सहारा लिन पुग्छन् । मध्यपुर थिमिमा १५ महिनाको अवधिमा ४ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीसँग हात हालाहालको स्थितिबाट शुरु भएको श्रेष्ठसँगको मनमुटावको श्रृंखला बिश्वराज मरासिनीसम्म आइपुग्दा समेत रोकिएको छैन् । नियम बिपरित गरिएको खर्च शीर्षकको अनुमोदन गर्ने, नगरपालिका र अस्पताललाई भर्ति केन्द्र बनाउने कार्यको बिरोध गरेकै कारण अहिले नगर प्रमुख श्रेष्ठसँग कार्यकारी अधिकृत मरासिनीको बोलचाल समेत छैन् । मध्यपुर थिमि नगरपालिकाले अहिले सो क्षेत्रमा एकजना कोरोना संक्रमित देखिएको भन्दै लकडाउनलाई कडाई गर्न नगर स्वयंसेवकहरु परिचालन गरेको छ ।

नगर क्षेत्रभित्रको आवागमनलाई कडाई गर्नका लागि परिचालन गरिएका ती स्वयंसेवकहरुलाई मेयर श्रेष्ठले नगर प्रहरीमा रुपान्तरण गर्ने प्रक्रिया अगाडि बढाएसँगै कार्यकारी मरासिनी र प्रमुख श्रेष्ठबीच टसल शुरु भएको हो । श्रेष्ठले २० जना नगर प्रहरी भागबण्डाका आधारमा नियुक्ति गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसको बाहुल्यता रहेको नगरपालिकामा कांग्रेसको तर्फबाट १२ जना र मेयर श्रेष्ठले ८ जना पाउने गरी भागवण्डा मिलाएका छन् । तर, नियुक्तिका लागि कानुनी प्रक्रिया पुरा नगरेको भन्दै मरासिनीले प्रक्रियाबाट नियुक्ति गर्नुपर्ने बताएपछि मेयर रुष्ट बनेका हुन् । आवश्यकता सम्बन्धी सूचना नै प्रकाशन नगरी नियम बिपरित अहिले २० जनाको लिष्टिङ्ग भईसकेको छ ।

सूचना प्रकाशन गरी दरखास्त आब्हान, निवेदन दर्ता र परीक्षाका न्यूनतम बिधिहरु समेत पूरा नगरी नियुक्ति प्रक्रिया अगाडि बढाएपछि आफु फस्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत मरासिनीले रातारात सरुवा लिई मन्त्रालयमा हाजिर भएका छन् । उनले नियम बिपरित मेयर श्रेष्ठले गरेका नगर प्रहरी नियुक्तिमा साथ दिन नसक्ने भन्दै पन्छिए पछि बिबाद बढेको हो । त्यही बिबादका कारण कार्यकारी अधिकृत मरासिनी रातारात सरुवा भएका हुन् । अहिले मरासिनीको स्थानमा उद्धब रिजालले आज सोमबारबाटै जिम्मेवारी लिने गरी सरुवा भई आएका छन् । रिजाल यस अघि भक्तपुर नगरपालिकामा कार्यकारी अधिकृत थिए  । मेयर श्रेष्ठकै रोजाईमा मध्यपुर नगरपालिकामा सरुवा भई आएका यसअघिका प्रमुख कार्यकारी अधिकृत महेश बरालले नगर कार्यपालिकाबाट पारित नगरी नगर प्रमुख एक्लैले स्विकृति दिएको योजनाको नियम बिपरितको भुक्तानी दिन नमानेकै कारण नगर प्रमुखसँग कार्यकारी अधिकृत बरालको टसल भएको थियो । यहि टसलका कारण ६ महिना पनि नबित्दै बरालले सरुवा लिएका थिए । आफु फस्ने काम नगर्ने भन्दै बराल गत कार्तिक ७ गते सरुवा भई गएका थिए । 

यस्तै मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया नगरपालिका अस्पतालले कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न पिसीआर बिधिको परीक्षण गरिरहेको छ । एक महिना अघिदेखि शुरु भएको कोरोना संक्रमणको अहिलेसम्म ४ सय बढिले पिसीआर टेष्ट गराइसकेका छन् तर, यो अस्पतालले गरिरहेको टेष्टले बैधानिकता भने पाउन सकेको छैन् । अहिलेसम्म यस अस्पतालमा गरिने टेष्ट केवल अनुसन्धानमा मात्र सीमित बनेको अस्पतालका चिकित्सकहरु बताउँछन् । एक निजी स्वास्थ्य निकाय एन्टरप्रिएट रिफ्रेन्स ल्याबले नगरपालिकासँगको सहकार्यमा कोरोनाको पिसीआर टेष्ट गरिरहेको छ तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आवश्यक मापदण्ड पुरा नगरेको भन्दै अहिलेसम्म परीक्षणलाई बैधानिकता प्रदान गरेको छैन् । नगरपालिकाले १५ देशबाट आएका १६३ जनाको स्वाव परीक्षण गरिसकेको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । तर यो रिपोर्टलाई स्वास्थ्य मन्त्रालयले आधिकारिक मान्यता दिएको छैन् ।

यस्तै नगरपालिकाका जनप्रतिनिधि, नगर स्वयंसेवक, रेडक्रसका स्वयंसेवक र २८ जना पत्रकारसहित करिव २ सय जनाको पनि नगरपालिका अस्पतालले कोरोना संक्रमण पत्ता लगाउन स्वाव परीक्षण गरेको छ । उनीहरुको रिपोर्ट समेत नेगेटिभ नै आएको छ तर, जनस्वास्थ्य प्रयोगशालाले यो रिपोर्टलाई मान्यता नदिने भएकोले मनको सन्तुष्टिका लागि मात्र परीक्षण गरेको बताउँछन् मध्यपुर थिमि नगरपालिका वडा नं. २ का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता राम थापामगर । अस्पतालले कोरोना ल्याव सञ्चालनका लागि ३० लाख रुपैयाँ खर्च गरेको छ । परीक्षण, ल्याव तथा प्राविधिक सहकार्य गरेवापत निश्चित प्रतिशत शुल्क इन्टरप्रिएट ल्यावलाई भुक्तानी गर्नेगरी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरकार्यपालिकाको निर्णय विनै सम्झौता गरेको थापामगरको भनाई छ । सरकारले बैधानिकता प्रदान नगरेसम्म परीक्षण गर्नुको कुनै अर्थ नरहने र आधिकारिक नहुने परीक्षणमा लाखौं रुपयाँ खर्च गर्नु भष्ट्राचार ठहर हुने प्रवक्ता थापामगरको तर्क छ । नगर प्रमुख श्रेष्ठले कार्यपालिकाको निर्णय बिनै एकलौटी रुपमा नगरपालिकाबाट खर्च गर्नेगरी गरेको सम्झौता आपत्तिजनक भएको पनि उहाँले उल्लेख गर्नुभयो । अस्पतालले कोरोनाकै लागि भ्यान्टिलेटर र आइसोलेसनको समेत व्यवस्था गरेको छ ।

परीक्षणमा अस्पतालका चिकित्सक र इन्टरप्रिएट रिफ्रेन्स ल्यावको टेक्निकल टिम परिचालित छ । पिसीआर मेसिन बिदेशबाट अनुदानमा सहयोग प्राप्त भएको हो । उक्त मेसिनलाई त्यसै थन्काएर राख्नुभन्दा प्रयोग गर्दा नगरपालिका र अस्पतालको काम पनि देखाउन सकिने भन्दै कोरोना संक्रमणको टेष्ट गरिएको अस्पतालका चिकित्सकहरु बताउँछन् । अस्पतालले परीक्षण गर्नुपर्ने व्यक्तिहरुको स्क्रिनिङ्ग गरी पुलिङ्ग बिधिबाट ५–५ जनाको स्वाव परीक्षण गरिरहेको अस्पतालका कार्यकारी निर्देशक ज्ञानकृष्ण कायष्थले जानकारी दिनुभयो । पाँचदेखि १० जनासम्मको स्वावलाई एउटै टेष्ट किटको प्रयोग गरी सामुहिक रुपमा परीक्षण गर्ने बिधि पुलिङ्ग बिधि हो । यो बिधिबाट शंकाष्पद व्यक्तिहरुको सामूहिक परीक्षण गरिन्छ । यो अस्पतालले गरिरहेको टेष्ट र त्यसका लागि आवश्यक ल्याव तथा प्राविधिक पूर्वाधार पुरा नभएको भन्दै मन्त्रालयले पिसिआर परीक्षणलाई बैधानिकता दिएको छैन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुगमन टोलीले परीक्षण शुरु गर्नुअघि अनुगमन गरेको कार्यकारी निर्देशक कायष्थले जानकारी दिनुभयो । यता नगर प्रमुख श्रेष्ठले कोरोना भाइरसको परीक्षणका लागि अस्पतालमा चाप बढेको भन्दै आफु निकटका पाँच जना स्वास्थ्यकर्मी भर्ति गर्न समेत भ्याएका छन् ।