२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार छु : सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफु माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिनुभएको छ । 

प्रतिनिधिसधभाको सोमबारको बैठकमा बोल्दै उहाँले सांसद अपहरणमा संलग्न भएको  प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आए र म लगायत माननीय महेश बस्नेत समेतको चरित्र हत्या गर्ने काम भयो । सम्पुर्ण माननीयहरुलाई साक्षी राखेर म भन्न चाहन्छु ।  अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति हिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर  मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ? ”

विवादास्पद अध्यादेशसंगै पार्टी फु्टाउने षडयन्त्र अनुसार, प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरि काठमाण्डौ ल्याउने काम गरेको भन्दै जनता समाजवादी पार्टीका सांसद डाक्टर बाबुराम भट्टराईले सांसद श्रेष्ठ, महेश बस्नेत र निर्वतमान प्रमुख प्रमुख सर्वेन्द्र खनाल विरुद्ध जिल्ला सरकारी कार्यलय काठमाण्डौमा मुद्धा दर्ता गर्नुभएको छ ।