२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न किसान र मजदूरलाई मासिक ५ हजार दिनुपर्छ : सांसद कार्की



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीलाई सत्तारुढ दलले आफ्नो आन्तरिक विवादको विषय बनाएको बताउनु भएको छ । आन्तरिक विवादको विषय नबनाएर यसलाई संसदमा पेश गरी गहन छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अबको बजेट रोग र भोकबाट जनतलाई जोगाउनमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

उहाँले मजदुर, श्रमिक र विपन्न किसानहरुलाई एक महिनाको ५ हजारका दरले तीन महिनासम्मको १५ हजार रुपैयाँ दिनुपर्ने बताउनुभयो । छिटो प्रतिफल दिनेगरी योजनाहरु सम्पन्न गर्न सरकारको ध्यान केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या कुटनीति पहलबाट समामाधान गर्नुपर्ने र सो कुरा संसदमा जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो ।