२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न किसान र मजदूरलाई मासिक ५ हजार दिनुपर्छ : सांसद कार्की



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीलाई सत्तारुढ दलले आफ्नो आन्तरिक विवादको विषय बनाएको बताउनु भएको छ । आन्तरिक विवादको विषय नबनाएर यसलाई संसदमा पेश गरी गहन छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अबको बजेट रोग र भोकबाट जनतलाई जोगाउनमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

उहाँले मजदुर, श्रमिक र विपन्न किसानहरुलाई एक महिनाको ५ हजारका दरले तीन महिनासम्मको १५ हजार रुपैयाँ दिनुपर्ने बताउनुभयो । छिटो प्रतिफल दिनेगरी योजनाहरु सम्पन्न गर्न सरकारको ध्यान केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या कुटनीति पहलबाट समामाधान गर्नुपर्ने र सो कुरा संसदमा जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो ।