२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा किन भारतसँग डरायो : सांसद शाही



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रंगमती शाहीले शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा पनि भारतसँग कुरा गर्न डराएको बताउनुभएको छ । 

नीति तथा कार्यक्रममाथिको छलफलमा शाहीले जंगबहादुर पछिको शक्तिशाली प्रधानमन्त्री सीमा अतिक्रणका विषयमा भारतसँग कुरा डराउनुभएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भारतको छोटे भैया’ को संज्ञा दिँदै उहाँले सीमा अतिक्रमणको विषयमा भारतसँग कुरा गर्न डराउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जंगबहादुर पछि शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली नै हुन तर चिनियाँहरुले पुलिस कुट्दा, भारतले भूमि लुट्दा र सीमामा जनता छुटिदा हाम्रो प्रधानमन्त्री ज्यू, भारतको छोटे भैया थाहा भएन रे । एक कल फोन गर्न भारतको बडे भैयासित डराउनु हुन्छ ।’’

सांसद शाहीले कोरोना महामारीको विषयमा कुरा गर्न खोज्दा उपप्रधानमन्त्रीले सांसदहरुलाई नचिनेको बताउनुभयो । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘‘एउटा देशको रक्षामन्त्री/उपप्रधानमन्त्रीले सांसदलाई  चिन्दैन् । देशमा यस्तो अवस्था छ हामीले देशको रक्षामन्त्री खोज्दै गर्दा उहाँको स्वकिय सचिवले हामीलाई जवाफ दिनुहुन्छ । रक्षामन्त्रीलाई मोबाइलबाट त कोरोना सर्दैन होला ?’’

सरकारले निर्माण गरेको कोरोना कोषमा सांसदहरुले पनि एक महिनाको तलब दिएको बताउँदै उहाँले मन्त्रीहरुका कारण आफुहरुले गाली खानुपरेको बताउनुभयो । मन्त्रिहरुले आफ्नै खल्तिबाट राहत बाँडेजस्तो गरी कार्यकर्ता पाल्ने काम गरिरहेको उहाँले बताउनुभयो । ‘मन्त्रीहरुले जम्बो टोली सचिवालयमा कर्मचारीहरु भर्ना गर्ने अनि सांसदले गाली खाने । डिजेल पेट्रोल मन्त्रीहरुले खाने अनी सांसदहरुले गाली खाने ।  फजुल खर्च मन्त्रीहरुले गर्ने गाली सांसदहरुले खाने । जनतामुखि बजेट ल्याउन नसक्ने, कार्यकर्ता पाल्ने बजेट ल्याउने अनि सांसदले गाली खाने, दशै मन्त्रिहरुले मनाउने गाली खाने सांसद ।’’, उहाँले भन्नुभयो ।

मान्छे मरेपछि कोरोना परीक्षण भइरहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई देशलाई आइसोलेसनम कहिलेसम्म राख्नुहुन्छ ? भनेर प्रश्न गर्नुभयो ।