१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा किन भारतसँग डरायो : सांसद शाही

शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा किन भारतसँग डरायो : सांसद शाही
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रंगमती शाहीले शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा पनि भारतसँग कुरा गर्न डराएको बताउनुभएको छ । 

नीति तथा कार्यक्रममाथिको छलफलमा शाहीले जंगबहादुर पछिको शक्तिशाली प्रधानमन्त्री सीमा अतिक्रणका विषयमा भारतसँग कुरा डराउनुभएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भारतको छोटे भैया’ को संज्ञा दिँदै उहाँले सीमा अतिक्रमणको विषयमा भारतसँग कुरा गर्न डराउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जंगबहादुर पछि शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली नै हुन तर चिनियाँहरुले पुलिस कुट्दा, भारतले भूमि लुट्दा र सीमामा जनता छुटिदा हाम्रो प्रधानमन्त्री ज्यू, भारतको छोटे भैया थाहा भएन रे । एक कल फोन गर्न भारतको बडे भैयासित डराउनु हुन्छ ।’’

सांसद शाहीले कोरोना महामारीको विषयमा कुरा गर्न खोज्दा उपप्रधानमन्त्रीले सांसदहरुलाई नचिनेको बताउनुभयो । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘‘एउटा देशको रक्षामन्त्री/उपप्रधानमन्त्रीले सांसदलाई  चिन्दैन् । देशमा यस्तो अवस्था छ हामीले देशको रक्षामन्त्री खोज्दै गर्दा उहाँको स्वकिय सचिवले हामीलाई जवाफ दिनुहुन्छ । रक्षामन्त्रीलाई मोबाइलबाट त कोरोना सर्दैन होला ?’’

सरकारले निर्माण गरेको कोरोना कोषमा सांसदहरुले पनि एक महिनाको तलब दिएको बताउँदै उहाँले मन्त्रीहरुका कारण आफुहरुले गाली खानुपरेको बताउनुभयो । मन्त्रिहरुले आफ्नै खल्तिबाट राहत बाँडेजस्तो गरी कार्यकर्ता पाल्ने काम गरिरहेको उहाँले बताउनुभयो । ‘मन्त्रीहरुले जम्बो टोली सचिवालयमा कर्मचारीहरु भर्ना गर्ने अनि सांसदले गाली खाने । डिजेल पेट्रोल मन्त्रीहरुले खाने अनी सांसदहरुले गाली खाने ।  फजुल खर्च मन्त्रीहरुले गर्ने गाली सांसदहरुले खाने । जनतामुखि बजेट ल्याउन नसक्ने, कार्यकर्ता पाल्ने बजेट ल्याउने अनि सांसदले गाली खाने, दशै मन्त्रिहरुले मनाउने गाली खाने सांसद ।’’, उहाँले भन्नुभयो ।

मान्छे मरेपछि कोरोना परीक्षण भइरहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई देशलाई आइसोलेसनम कहिलेसम्म राख्नुहुन्छ ? भनेर प्रश्न गर्नुभयो ।