१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कोरोनाले निम्त्याएको समस्याबाट जनतामा रोगसंगै भोकले मर्ने चिन्ता बढ्यो : सांसद चौधरी

कोरोनाले निम्त्याएको समस्याबाट जनतामा रोगसंगै भोकले मर्ने चिन्ता बढ्यो : सांसद  चौधरी
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले सरकारको नीति तथा कार्यक्रमले लकडाउनले आहत भएका सर्वसाधरणलाई जीवनरक्षाको प्रत्याभुति दिन नसकेको टिप्पणी गर्नुभएको छ ।  

प्रतिनिधिसधभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुदै उहाँले कोरोनाले निम्त्याएको समस्याबाट जनतामा रोगसंगै भोकले मर्ने चिन्ता बढेकाले तत्काल भोकको समस्या समाधान गर्ने तर्फ सरकारको कार्यक्रम लक्षित हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो “आजको प्राथमिकता भनेको अहिले बाँच्नु हो । अहिले बचाउनु हो । रोजगारी गुम्दैछन् । उद्योगधन्दा बन्द छन् । सडकमा उभिएका दिनहुँ हातमुख जोर्नुपर्ने बाध्यता भएका कामदार कामविहिन छन् । नाङलो पसल, रिक्साचालक तथा समाजको हरेक वर्ग त्रसित छ । एकातर्फ कोभिडको कारण भने अर्को तर्फ कोभिड भन्दा पहिले भोकले मरिने हो कि ? भन्ने त्रासबाट ।”

सरकारले अत्यावश्यक लगायतका उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेपनि उद्योग सञ्चालन हुने स्थिति श्रृजना हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

भएका उद्योग पनि सञ्चालन हुन नसकेको बेला नया उद्योग खोलेर रोजगारी दिन्छु भन्ने सरकारको आश्वासन ‘दिवासपना’ मात्रै भएको टिप्पणी गर्नुभयो । खुलेको उद्योग पनि चल्न सक्ने अवस्था रहेन भने भोलीको दिनमा नयाँ उद्योग खुल्नेछन् र स्वदेशी तथा विदेशबाट फर्किएका लाखौको संख्यामा रहेकालाई रोजगारी दिने सरकारको आश्वासन ‘दिवासपना’ मात्रै भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “सरकारको घोगषणाका बाबजुत प्राथमिकताका उद्योग, साईटहरु बन्द छन् । स्थानीय प्रशासन भन्दा पनि स्थानीय तहको जनताको हातमा, त्यसमध्ये पनि त्रसित एकप्रकारको जमातको हातमा अहिलेको प्रशासनतन्त्र गएको स्थिति छ । ती उद्योगहरु चल्न सकेका छैनन् । ”

उहाँले बेरोजगारलाई रोजगारी दिन कृषि क्षेत्रलाई अघि सारिएको भएपनि उत्पादकत्व बढाउनुको साथै नेपाली उत्पादन नै उपभोग हुने अवस्था श्रृजनाका लागि सरकारले विशेष अनुदानको व्यवस्था गर्नुपर्ने बताउनुभयो । नेपालको कृषि उत्पादन भारत र चाइनाको प्रतिष्पर्धामा ३० प्रतिशत भन्दा बढी महंगो पर्ने भएकाले विदेशी उत्पादन र नेपाली उत्पादनबीचको मुल्य भिन्नताको खाडल सामान्य नीतिले मात्रै पुर्न नसक्ने तर्क गर्नुभयो ।