१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

फूलका बाेट हेर्दा व्यवसायीका आँखा रसाउँछन्, हेरौं यी तस्वीरहरु

फूलका बाेट हेर्दा व्यवसायीका आँखा रसाउँछन्, हेरौं यी तस्वीरहरु
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपछि पुष्प व्यवसाय पनि प्रभावित भएको छ । बजार पूर्ण रुपमा बन्द छ । कुनैपनि औपचारिक कार्यक्रमहरु भएका छैनन् । जसले गर्दा फुलको माग शुन्य छ । फुलको माग नै नभएपछि अहिले यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको छ । 

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको अवधि झण्डै दुई महिना पुगेको छ । लामो समय लकडाउन हुँदा उद्योग व्यवसाय ठप्प छन् । पर्यटन क्षेत्र, उत्पादन क्षेत्र, सेवा क्षेत्र, कृषि क्षेत्र सबै बन्द छन् । कृषिमा पनि पुष्प व्यवसायमा सबैभन्दा धेरै असर परेको छ । दुई महिना यता फुल विक्री नभएको पुष्प व्यवसायीहरु बताउँछन् । बजारमा फुलको माग नै नभएपछि दैनिक १ करोड रुपैयाँ भन्दा बढीको नोक्सानी भइराखेको फ्ल्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । उहाँले कोरोना भाइरसको असर देखिन थाले देखि नै औपचारिक कार्यक्रम नभएको र सरकारले कुनैपनि कार्यक्रम नगर्न भनेपछि गत फागुन महिना देखि नै फुलको माग घटेको बताउनुभयो । भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरी यस वर्ष फुलको उत्पादन बढाउन लगानी वृद्धि भएको थियो । फुलको उत्पादन पनि बढेको छ । तर बजार नहुँदा सबै उत्पादन खेर गइरहेको छ । अध्यक्ष कसजुले तीन महिनाको उत्पादन पूर्ण रुपमा क्षति भएको बताउनुभयो ।

६ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी रहेको यस क्षेत्रमा बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु धेरै छन् । अध्यक्ष कसजुले व्यवसाय नै ठप्प भएपछि बैंकले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले ऋण उठाउने समय अवधिलाई एक वर्ष थप्नु पर्ने, व्यवसायलाई बचाउनका लागि पुर्नकर्जाको व्यवस्था हुनुपर्ने बताउनुभयो । सरकारले पनि तत्कालिन रुपमा व्यवसायलाई पुनः सुचारु गर्न राहत दिनुपर्ने र दिर्घकालिन रुपमा पनि संकट आउन नदिन सहयोग गर्नुपर्ने अध्यक्ष कसजुले बताउनुभयो । यस्तै लकडाउन लम्बिदै गएपछि नर्सरीमा काम गर्ने श्रमिकहरु पनि बेरोजगार बनेका छन् । तरपनि पुष्प व्यवसायीहरुले आफ्नो दायित्व भने पुरा गरेका छन् । नर्सरीको सम्पर्कमा रहेका सबै श्रमिकहरुलाई समयमै तलब दिने व्यवस्था मिलाइएको अध्यक्ष कसजुले बताउनुभयो । उहाँले फ्ल्लोरिकल्चर एसोसिएसनमा आवद्ध भएका सबै नर्सरीहरुले समयमै तलब दिएको र कसैले दिन नसक्ने अवस्था भए संघको पहलमा राहतको व्यवस्था मिलाइएको बताउनुभयो ।

पुष्प व्यवसायमा पनि कट फ्लावर व्यवसायमा सत प्रतिशत क्षति भएको व्यवसायीहरु बताउँछन् । विक्रीका लागि तयार भएको कट फ्लावरले बजार पाउन नसक्दा पूर्ण रुपमा नष्ट भएको छ । देशभर ४३ जिल्लामा १ हजार भन्दा बढी पुष्प व्यवसायीहरु रहेका छन । फ्लोरिकल्चर एसोसिएसन नेपालमा ७ सय बढी व्यवसायी आवद्ध छन् । त्यस्तै देशभर प्रतक्ष अप्रतक्ष रुपमा ४३ हजार भन्दा बढीले रोजगारी पाएका छन् । पुष्प व्यवसायमा देशभर ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको व्यवसायीहरु बताउँछन् । लकडाउनका कारण बजार बन्द भएपछि फुलको माग घटेको छ र यसबाट व्यवसायीहरुलाई करोडौं नोक्सानी भएको छ । लकडाउन अझै बढ्दै जाँदा यस्तो नोक्सानी अर्बौ रुपैयाँ सम्म पुग्ने व्यवसायीहरु बताउँछन् । लकडाउन खुलेपछि व्यवसायलाई फेरी सुचारु गर्न अभाव हुने पूँजीको व्यवस्थापनामा सरकारले सहयोग गर्ने अपेक्षामा व्यवसायीहरु छन् ।