११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूत यान्छी र एमसीसी कार्यदल संयोजक खनालबीच भेट



अ+ अ-

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ । 

बुधबार खनाल निवास डल्लुमा पुगेर यान्छीले खनाललाई भेट्नुभएको हो ।

यद्यपि दुईजनाबीच के विषयमा छलफल भयो भनेर दूतावासले खुलाएको छैन ।

एमसीसी कार्यदलका संयोजक खनाल र यान्छीको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत सदस्य रहेको कार्यदलमा खनाल संयोजक हुनुहुन्छ ।