१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

विदेशमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि कसरी फिर्ता ल्याउँछ ? : गगन थापा

विदेशमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि कसरी फिर्ता ल्याउँछ ? : गगन थापा
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिकलाई स्वदेश भित्र्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउन नसक्ने बताउनुभयो । 

नीति तथा कार्यक्रममाथिको छलफलमा थापाले सीमा क्षेत्र र खाडीमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउनै नसक्ने बताउनुभो । माटो मात्रै राष्ट्रियता नभएको उल्लेख गर्दै थापाले मान्छे र माटो दुबै राष्ट्रियता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जसले खाडीमा अलपत्र परेकोलाई फिर्ता ल्याउन सक्दैन त्यसले मेरो भूमि ल्याइदिन्छ ? यो संसदमा राष्ट्रियतको विषयमा बहस हुन्छ । राष्ट्रियता भनेको माटो हो की मान्छे हो ? दुबै हो । जसले आफ्नो मान्छे चिन्न र जोगाउन सक्दैन त्यसले आफ्नो माटो जोगाउन सक्दैन ।  जसलाई पसिनाको गन्धको आनन्को अनुभूति हुँदैन त्यसले माटोकाे सुगन्ध पनि थाहा पाउन सक्दैन ।

मान्छे जोगाउन नसक्ने, मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याउँछ भन्ने रत्ति भरपनि भ्रम छैन् ।’’

कम क्षमता भएका मान्छेहरुले बनाएको नीति तथा कार्यक्रमका कारण देश दुर्घटना नजिक पुगेको उहाँले बताउनुभयो । सामान्य मानिसको क्षमता काम हुँदा क्षति कम हुने भएपनि कुनै कम्पनीको मालिक वा देश चलाउने मान्छेमा त्यो समस्या देखि बर्बाद नै हुने उहाँले बताउनुभयो ।

थापाले नीति तथा कार्यक्रम प्रधानमन्त्री एक्लैले लेख्ने कविता वा कुनै एक मन्त्रीले लुकेर लेख्ने अध्यादेश नभएको बताउनुभयो ।

विश्वमहामारीका कारण नेपालमा पनि ठूलो प्रभाव परेको कुरा नीति तथा कार्यक्रम उल्लेख किन भएन ? भन्दै उहाँले प्रश्न गर्नुभयो । नागरिकको खल्ति रित्तिदा देशको ढुकुटी नै रित्तिनेभएकाले यस्तो परिस्थितिमा गर्ने कामहरुको सूची किन आएन ? उहाँको प्रश्न थियो ।

उहाँले भन्नुभयो, ‘‘घरभित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदै गर्दा बारी देखी भकारीसम्म प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौँ तत्काल बारी र भकारीको प्रभावलाई कम कसरी गर्ने लेखौ भनेर कसैले भनेनन् ? रोजगारी बृद्धि ,हुन्छ नेपालको समृद्धि भन्ने नारा लेख्दै गर्दा यहि २ महिनामा लाखौ मानिस बेरोजगारी भइसके भनेर सकैले भनेनन् ? भोकले कोही मर्दैन, कोही भोकै हुँदैन भन्ने नारा लेख्दै गर्दा भोकले मरिसके भनेर सकैले भनेनन् ?’’

सरकारले कोरोना नियन्त्रणमा अभूतपूर्व काम गरेको उल्लेख गर्दै गर्दा परीक्षण कम भएर संक्रमण कम देखियो भनेर कसैले किन भनेन भन्दै उहँले प्रश्न गर्नुभयो ।