१६ भाद्र २०८३, मंगलवार
,
Latest
उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ मुटुरोग विशेषज्ञ डा रामेश कोइरालाले दिए राजीनामा



अ+ अ-

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।

केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखसहित रहेका डा. कोइरालाले व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै राजीनामा दिएका हुन् ।

विदेशमा रहेका कारण इलेक्ट्रोनिक मेलमार्फत हस्ताक्षर प्रमाणीकरण गर्न नसक्ने बताउदै उनले आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

१६ अक्टोबर २०२५ सम्म केन्द्रमा उपस्थित हुन नसक्ने बताउँदै उनले आफ्नो व्यक्तिगत सामानबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात आफुसँग नरहेको जनाएका छन् । उनले केन्द्रको प्रगति, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतको सपना र स्वास्थ्य सेवाप्रति संघीय सरकारको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।