१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

खुशीको खबर ! मान्छेमा गरिएको कोरोना विरुद्धको खोप सफल

खुशीको खबर ! मान्छेमा गरिएको कोरोना विरुद्धको खोप सफल
अ अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा मान्छेमा गरिएको कोरोना विरुद्धको खोप सफल भएको छ । यो पहिलो चरणको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण हो । यो खोपले काम गरेको अर्थात् सफल भएको बताइएको छ। अब यो मानिसमा प्रयोग गर्न सकिने भएको बताइएको छ । खोपमा अरु केही सामान्य थप परीक्षणहरु गर्नुपर्ने छ । त्यसपछि बजारमा आउन आगामी वर्षको जनवरी अर्थात ढिलोमा माघसम्म कुर्नु पर्ने भएको छ।

अमेरिकामा रहेको नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले यो खोप बनाएको हो । मोडेर्नाले सोमबार साँझ खोप सम्बन्धि जानकारी अनुसार एमआरएनए, १२७३ खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा आशा गरिएभन्दा बढी रोग प्रतिरोधी क्षमता बढेको पाइएको छ । शरीरमा यसका नकारात्मक असर पनि कम मात्र देखिएको छ ।

खोप लगाइएकाहरुमा रोग प्रतिरोधी क्षमता कोरोनाभाइरससँग लड्ने क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको पनि त्यस कम्पनीले जनाएको छ । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टीफन बैसेलले तत्काल योभन्दा उत्तम नतीजाको आशा गर्न नसकिने बताएका छन् ।

थप परीक्षणपछि मात्र खोप बजारमा आउन सक्ने छ । पहिलो चरणको परीक्षण सफल भएको सो कम्पनीले आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने बताएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मोडेर्ना कोरोनाभाइरस विरुद्धको खोप मान्छेमा परीक्षण गरिरहेका विश्वका आठमध्येको एक कम्पनी हो । अन्य दुई कम्पनी फिजर र इनोभियो पनि अमेरिकामा नै परीक्षण गरिरहेका छन् ।

मोडेर्नाले आठ जनामा दर्जनभन्दा बढी पटक यो खोप परीक्षण गरेको थियो । सबै जनामा भाइरसलाई निस्क्रिय गर्ने क्षमता यसअघि संक्रमित भएर निको भएका बिरामीमा झैँ बढेको थियो । उनीहरु सहित १८ देखि ५५ वर्षसम्मका कूल ४५ जना स्वस्थ मान्छेमा गरिएको सबै परीक्षण सकारात्मक आएको छ। 

खोप विज्ञहरुले यसलाई ठूलो उपलब्धि भएको बताएका छन् । खोप परीक्षण सफल भएको खबरसँगै अमेरिकी शेयरबजारमा मोडेर्नानाको शेयर ३० प्रतिशतले बढेको छ । (एजेन्सीहरुको सहयोगमा)