१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नक्सा त पाइयो, अब जमिन चाहियो !

नक्सा त पाइयो, अब जमिन चाहियो !
अ अ+ अ-

काठमाडौं । नेपाल सरकारले भारतबाट लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्सा जारी गरेको छ । जुन कार्य सराहनीय छ । आफ्नो जमिनमा भारतले विगत लामो समयदेखि कब्जा जमाएको तथा पछिल्लो समयमा त लिम्पियाधुरा क्षेत्रमा नेपालको अनुमति नै नलिई एकतर्फी रुपमा बाटो नै बनाएपछि सरकारलाई आफ्नो जमिन फिर्ता गराउन चौतर्फी दबाब नै परेको थियो ।

नेपाल सरकारमाथि आफ्नो जमिन फिर्ता गराउन तथा आफ्नो जमिन समेटेर नयाँ नक्सा जारीगर्न व्यापक दबाब परेको थियो । यस क्रममा सरकारले सोमबार साँझको मन्त्रिपरिषद बैठकबाट नयाँ नक्सा पास गरेको छ ।

अब यसपछि नेपालको संविधानदेखि विद्यालयका पाठ्यक्रमसम्म सबै संशोधन र परिमार्जन गर्नुपर्ने अवस्था आएको छ । जुन कार्य अब सरकारले गर्ला भन्ने अपेक्षा गर्नुपर्दछ ।  

नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छाप उल्लेख छ । सो निशानछापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले अब त्यसलाई सच्याएर संविधानमै नयाँ नक्सा अंकित निशान छाप राख्नुपर्दछ । यसका लागि संसदको दुई तिहाई बहुमतले संविधान नै संशोधन गरी निशान छाप फेर्नुपर्ने हुन्छ ।

त्यो प्रक्रिया पूरा गरेर संसदले नयाँ नक्सा जारी गरेसँगै विभिन्न सरकारी कार्यालय र दूताबासहरुले प्रयोग गर्ने नेपाल सरकारको लोगो परिवर्तन गरी नयाँ नक्शाका आधारमा बनाउनुपर्ने भएकाले सबै सरकारी कागजातहरु सच्याउपर्दछ ।

यो सँगै विद्यालयका पाठ्यक्रमहरुमा पनि नयाँ नक्साअनुसारको परिमार्जन गर्नुपर्ने हुन्छ । सरकारले संविधानको अनुसूचीलगायत सरकारी लोगो प्रयोग गर्ने सबै ठाउँमा सच्याएर नयाँ नक्साअनुसार बनाइने बताएको पनि छ । 

सरकारको यो कार्यप्रति हिजोदेखि आज बिहानसम्मका मिडिया तथा सोसियल मिडियामा पनि निकै नै सकारात्मक प्रतिक्रियाहरु आएका छन् । देशको नक्सा सार्वजनिक गर्ने निर्णयका लागि सरकारलाई नागरिकले धन्यवाद दिएका छन् ।

संसारकै प्राचीन सभ्यता र इतिहास बोकेका देशहरुको गणनाभित्र पर्ने मुलुक नेपाललाई यसरी एकतर्फी रुपमा सिमाना मिच्नेदेखि लिएर अहिले आएर बाटो बनाउनेससम्मको पो प्रवृत्तिका विरुद्ध सरकारले सानै भए पनि जवाफ दिएको छ ।

तर फेरिपनि यस कार्य तथा देशको हित बिरूद्ध प्रयोग भएकाहरुले संविधान संशोधन गर्न नदिने हर्कत पनि गर्न सक्लान् । अर्काे कुरा संविधान संशोधन नै नगरीकन नक्सा सार्वजनिक गर्न मिल्दैन भन्ने सल्लाह दिन सक्छन् ।

आफ्नै देशको नक्सा सार्वजनिक सरकारले सार्वजनिक गर्न संविधान कहिँकतै वाधक छैन, हुँदैन भन्ने तर्कका साथ सरकार अघि बढ्नुपर्छ । निशाना छाप र अन्य कुरालाई सरकारले मिलाउँदै जाने हो । मन्त्रीपरिषदबाट निर्णय भइसकेको यो अवस्थामा अब अरु कुनै पनि बहाना स्वीकार्य छैन ।

अबको बाँकी काम पनि उतैको इशारामा किञ्चित नचलोस् । यदि त्यसो भयो भने सरकारप्रति अहिले जागेको थोरै आशा पनि माटोमा होइन कि पातालमै मिल्न जानेछ । 

अर्काे कुरा अब नेपाली जनताले सरकारसँग आफ्नो गुमेको जमिन निरन्तर खोज्ने छन् । नक्साबमोजिमको जमिन खोइ भनेर प्रश्न गर्नेछन् । नक्सा मात्र जारी गरेर हुँदैन । ठूलो कुरा त हाम्रो जमिन हो । भनिन्छ कागजका भिटामिनले शरीरमा काम गर्दैन । भिटामिन सी सुन्तला, कागती, अमला आदिमा पाइन्छ । तर कागजमा ती फलफूलको चित्र बनाएर शरीरले भिटामिन पाउँदैन । यसका लागि फलफूल नै चाहिन्छन् । यो पनि त्यस्तै हो । कागजमा नक्सा हुँदैमा जमिन हाम्रो नहुन सक्छ ।

लालपूर्जाअनुसारका जमिन नपाएर धेरै मानिस जग्गा दलालबाट ठगिएका छन् । त्यस्तो अवस्था नआओस् । त्यसैले अहिले नागरिक भन्दैछन्, नक्सा त पाइयो अब जमिन चाहियो ।