२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पाका ४१ जनाको स्वाब सङ्कलन



अ+ अ-

पाल्पा । पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका  सुरक्षा र  स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो ।

भारतबाट आएका जिल्लावासी, क्वारेन्टिनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । प्रदेश नं  ५ सरकारले १५० पिसिआर र ६४०  आरडिटी किट उपलब्ध गराएको थियो । लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल र मिसन अस्पतालबाट दुई महिनाअघि २५ जनाको स्वाब परीक्षण गरिएको निमित्त प्रमुख न्यौपानेले  बताए । 

अहिलेसम्म विभिन्न पालिकाका क्वारेन्टिनमा बसेका २५८ जनाको आरडिटी गरिएकामा रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा ७८ जना क्वारेन्टिनमा बस्दै आएका छन् ।