१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अनलाईनलाई कत्रो तयारी चाहिन्छ, सरकारलाई अन्दाज छ ? : नेता अधिकारी

अनलाईनलाई कत्रो तयारी चाहिन्छ, सरकारलाई अन्दाज छ ? : नेता अधिकारी
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका राष्ट्रियसभाका लागि संसदीय दलका नेता राधेश्याम अधिकारीले सरकारको नीति तथा कार्यक्रम वर्तमान संकट समाधान गर्ने दृष्टिले अपुरो भएकाले पुनरलेखन गर्नुपर्ने बताउनुभयो । कोभिड विरुद्धको महामारी रोकथाम तथा नियन्त्रण र आर्थिक संकट समाधानका लागि सबै दलहरुबीच राष्ट्रिय एकता हुनुपर्नेमा आफुहरुको विमति नभएको भन्दै उहाँले अपुरो दस्तावेजलाई पुरा गर्न मात्रै माग गरेको बताउनुभयो ।

मौलिक अधिकारका कानुन कार्यन्वयन हुन नसकेको भन्दै उहाँले लोकतन्त्रमा नागरिकको अधिकार प्रत्याभुति हुन नसकिरहेको कुरा सरकारले स्वीकार गर्नसक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “दुईवटा अध्यादेश आए अनि ४ दिनपछि फिर्ता लिइयो । के त्यो लोकतन्त्र अनुकूलका हुन् ? लोकतन्त्रलाई बलियो बनाउन ल्याएको हो ?”

स्थानीय सरकारलाई दिनुपर्ने एकल अधिकार नदिएकाले स्थानीय सरकारको गुनासो संघीय सरकारप्रति बढ्दै गएको भन्दै ती विषयलाई पनि सरकारको नीति तथा कार्यक्रमले समावेश गर्न नसकेको टिप्पणी गर्नुभयो । राजनीतिक व्यवस्थापनका लागि अंकगणितको राजनीति भन्दा एक कदम अघि बढ्नुपर्ने भन्दै उहाँले नीति तथा कार्यक्रममा राजनीतिक व्यवस्थापन र राजनीतिक स्थिरता छ भन्नु गलत भएको टिप्पणी गर्नुभयो ।

सरकारले समानुपातिक समावेशी सिद्धान्तलाई अनुसरण गर्न नसकेको, राजनीतिक विचलनमा सरकार खरो उत्रन नसकेको , कोभिड १९ संक्रमणको स्थितिको प्रक्षेपण गर्न नसकिएको ,भेन्टिलेटर लगायतका स्वास्थ्यतयारी गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले संक्रमणको दृष्टिले जोखिमपुर्ण क्षेत्रमा स्वास्थ्य सामाग्री नपुग्नु, महामारीको समयमा किनेको सामानमा आर्थिक अनियमितता हुनु, शिक्षामा योजना नआउनु, रेमिट्यान्स लगायत कृषि उत्पादन वृद्धिको योजना नहुनु लगायतले नीति तथा कार्यक्रम पुर्ण हुन नसकेको टिप्पणी गर्नुभयो ।  

उहाँले भन्नुभयो “शिक्षामा के तयारी छ सरकारको ? शिक्षामा सरकारले के गर्दैछ भनेर प्रक्षेपण गर्नुपरेन ? अनलाईन पढाउन भनेको छ । अनलाईनलाई कत्रो तयारी चाहिन्छ, अन्दाज छ ? कतिले पढाउछन् अनलाईनमा ? कतिको पहुँच छ अनलाईनमा ? जे मनमा लाग्या छ त्यही भन्दिएको छ ।”

उहाँले कृषि क्रान्ति गर्ने हो भने कृषि उत्पादनको मुल्य निर्धारणको प्रत्याभुति,  खरिद गरेर भण्डारण गर्ने, वितरण र बजार प्रत्याभुति तथा अनुदान र राहतको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भारतीय सिमामा अलपत्र परेका नेपालीलाई पनि सरकारले समान व्यवहार नगरेको भन्दै आक्रोश पोख्नुभयो “दुईमहिना सम्म कुम्भकर्ण निन्द्रामा सुत्ने ? पुर्वमा झापा नजिकै १२ सय ५० नेपाली अलपत्र परेका रहेछन् । तीनलाई ल्याउने प्रबन्ध मिलाइयो । भैरहवा नाकामा ७ सय ५० नागरिकलाई धपाइयो भन्ने पनि हिजोको खबरमा छ । नेपाल राज्यमा एउटा सरकार छ कि दुईवटा सरकार छ ? प्रधानमन्त्रीको जिल्ला भएको हुनाले त्यो छुट ? अनि भैरहवाको नाकामा खिमलाल जीको जिल्ला भएको हुनाले नछुट भएको हो कि ? सुदुरपश्चिममा त झन बेहालै छ । यो मैले भन्ने हो ? सोधौ आ आफ्ना माननीयलाई ?”