२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन, दुबईभन्दा भारतबाट आएको भाइरस कडा : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य देशको भन्दा भारतबाट आएको भाइरस कडा भएको टिप्पणी  गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चीन, दुबईभन्दा भारतबाट कडा भाइरस आएको बताउनु भएको हो ।

सरकारको नीति तथा कार्यक्रमले कोरोना भाइरसको नियन्त्रण र रोकथाम र त्यसपछिको अवस्थालाई सरकारले महत्व नदिएको भन्दै संसदमा कुरा उठेको  भन्दै सरकारले यी सबै विषयमा सरकारको राम्रोसंग आँकलन गरेको बताउनु भयो ।  

कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन सबैभन्दा राम्रो उपाय भएको भन्दै प्रधानमन्त्री ओलीले  लकडाउन प्रभावकारी हुँदासम्म अवस्था सहज भएको तर केही नागरिक, जनप्रतिनिधि र सीमा आइपुगेका नागरिकको दवावका कारण केही खुकुलो बनाउँदा बढी फैलिएको बताउनुभयो ।

प्रधानमन्त्री ओली यतिबेला संसदमा आफ्नो भनाइ राख्दै हुनुहुन्छ ।