काठमाडौं । पर्सामा उपचारका क्रममा कैदीको मृत्युभएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् ।
कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका वीरगन्ज महानगरपालिका-२५ घर भएका २८ वर्षीय कैदी राहुल साहको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरुले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि टायर बालेर प्रदर्शन गसररहेका छन् । उनीहरुसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले बताए ।
मंगलबार बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका साहलाई उपचारका लागि अस्पताल पु्रयाईएको थियो । पछि उनको अस्पतालमा मृत्यु भएको एसपी मिश्रले बताए ।
साहको मृत्यु भएपछि आफन्तहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै अस्पतालबाहिर आन्दोलन गरेका हुन् । घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनीहरूको माग छ ।










