काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफू अनुकुल कानून बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मिडियामाथि नियन्त्रण गर्ने गरिरहेको आरोप लगाउँदै आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । सरकार स्वयंको कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको उहाँको टिप्पणी छ ।
उहाँले भिजिट प्रकरणदेखि पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ दुरुपयोग र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेका संसद र सरकार उदासिन रहेको आरोप पनि लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई हाउ डेमोक्रेसी इज डाई भन्ने किताव पढ्न र आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामको मूल्याङ्कन गर्न आग्रह समेत गर्नुभयो । सांसद खनालले सुशासन सुनिश्चित गर्न र ‘भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहनुपर्ने आफ्नो पार्टीको माग रहेको दोहो¥याउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले भिजट भिसा प्रकरणको स्वतन्त्र छानविनको ाग गर्दा लिचिबारीको अडियो टेप आयो, पासपोर्ट छपाईमा भागबण्डा भएको खबर बाहिरियो र कुलिङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने कुरा आयो र पनि संसद मौन छ । र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको छ । केही दिनअघि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै पनि घुस लिइरहेको सूचना प्रहरी कहाँ पुग्छ । तर गृहमन्त्रीलाई अफ्ठ्यारो पर्छ भनेर छानविन अगाडि बढ्दैन । लोकतन्त्र मास्न खोज्नेहरु आफ्नो अनुकुल कानून बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन । कार्यकारी अधिकार बलियो बनाएर मिडियामाथि नियन्त्रण गर्न खोज्छन् । र पनि प्रधानमन्त्रीज्यु भन्नुहुन्छ व्यवस्थाविरोधी शक्तिहरु संसद अवरुद्ध गरिराखेका छन् । प्रधानमन्त्रीलाई मेरो आग्रह छ, हाउ डेमोक्रेसी इज डाई भन्ने किताव पढ्नुहोस् । र अनि आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामहरुसँग मूल्याङ्कन गर्नुहोला । हामी सुशासन होस्, भ्रष्टाचारी मन्त्रीहरु पदमा नरहुन् भन्ने चाहान्छौं, तपाई के चाहनुहुन्छ ?’
उहाँले आफूहरु मुलुकमा सुशासन कायम होस् भन्ने चाहेको उल्लेख गर्दै प्रधानमन्त्रीले के चाहेको हो ? भन्दै प्रश्न गर्नुभयो ।










